नेवानिले सुरु गर्‍यो क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान

नेपाल वायुसेवा निगमले भैरहवा–क्वालालम्पुर उडान सुरु गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मलेसियाको क्वालालम्पुरबाट आएको निगमको न्यारोबडी विमान अवतरण भएको हो । सातामा एक दिन (मंगलबार) निगमको विमानले क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान भर्ने गौतमबुद्ध विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले जानकारी दिए । उनले भने, “भैरहवाबाट तत्काललाई निगमले हप्ताको एक उडान सुरु गरेको छ । निगमको विमानले […]

सम्बन्धित सामग्री

दमाममा निगमको उडान सुरु

काठमाडौं– नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले भदौ २० बाट काठमाडौं–साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको हो । निगमको उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रातिको १० बजेर ४० मिनेटमा उडान भरेको थियो । पहिलो उडानमा १ सय २६ जना यात्रु रहेका थिए भने फर्कंदा १ सय […]

अमेरिकाको आन्तरिक उडान पुनः सुरु

२८ पुस, काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो । उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको […]

जजिरा एयरवेजको कुवेत-चीन उडान सुरु

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत-चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ । चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको […]

भैरहवा-कुवेत दैनिक उडान सुरु

भैरहवा – नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो। यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए। यो […]

धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु

कैलालीको धनगढी विमानस्थलबाट धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु भएको छ ।काठमाडौंदेखि धनगढीसम्म पहिलो उडान हुँदै आएकोमा मंगलबारदेखि धनगढीबाट पहिलो उडान सुरु भएको हो । एयरलाइन्स बुद्धले धनगढीबाट पहिलो उडान सुरु गरेको जनाइएको छ । ‘काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउँथे । मंगलबारदेखि भने त्यो बाध्यताको अन्त्य भएको छ’ धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भने ।पहिलो उडान भर्न सोमबार नै बुद्ध एयरले विमानस्थलमा रात्रीकालिन पार्किङ गरेको थियो। ‘बुद्

काठमाडौं–मुम्बई सातामा तीन उडान सुरु

काठमाडौं, चैत १४ । नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड–१९ पछि नेपाल–भारतबीच एयर […]

काठमाडौं-मुम्बई उडान पुनः सुरु

नेपाल वायुसेवा निगमले काठमाडौं-मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड-१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो।साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड-१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड-१९ पछि नेपाल-भारतबीच एयर बबल सम्झौताअनुसार उडान तथा अवतरण हुँदै आएको थियो । भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झ

जनकपुरधाम-पोखरा नियमित उडान सुरु

सातामा तीन दिन उडान हुनेगरि सुरु भएको जनकपुरधाम–पोखरा उडान बिहीबारदेखि नियमित हुने भएको छ।

पोखरा–जोमसोम उडान सुरु

काठमाडौँ । पोखरा–जोमसोम रुटमा आज (आइतबार)देखि नियमित उडान सुरु भएको छ । तारा एयरले यो रुटमा उडान सुरु गरेको हो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो । आइतबार मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ । यसमा भारतीय नागरिक र केही विदेशी यात्रु […]

अफगानिस्तानमा आन्तरिक उडान सुरु

एजेन्सी । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आफ्नो आन्तरिक उडान सुरु गरेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अगस्ट अन्त्यमा अमेरिकी सेना बाहिरिएसँगै घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा […]