एमालेको आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले महाधिवेशन आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेपछि पार्टीभित्रको अन्तरविरोध साम्य हुने विश्वास लिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको हो तर असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसहितका नेताहरु यही असार १८ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अझै सुनिश्चित भइसकेको छैन ।
नेपालनिकट स्थायी कमिटीका सदस्यहरु अनौपचारिक छलफलमा जुटेका छन् भने संस्थापन र ने...