सेयर बजार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार उच्च अंकले बढेको नेप्से पछिल्लो तीन दिन भारी अंकले गिरावट भएको थियो । तर बिहीबार भने नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर परिसूचक २ हजार बिन्दुमाथि पुगेको छ । बिहीबार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । […]