काठमाडौँ। नेपाल–चीनबिचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै नेपाल भित्रिन सुरु भएको हो । तातोपानीबाट काठमाडौँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पठाउने तयारी भइरहेको त्यहाँस्थित भन्सार कार्यालयले जानकारी दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको […]