टोकियो पारा ओलम्पिकमा तेक्वान्दोबाट प्रतिस्पर्धा गरेकी पलेशा गोवर्धनले पहिलो खेलमै पराजय भोगेकी छन् । के४४ विधाअन्तर्गत ५८ केजीमुनि तौलसमूहमा उनी ग्रेट ब्रिटेनकी बेथ मुनरोसाग २१–८ अंकको अन्तरले पराजित भएकी हुन् । उनले तीनै राउन्डमा मुनरोमाथि चुनौती पेस गर्न सकिनन् ।