काठमाडौं : टोकियो ओलम्पिकको सफल आयोजनापछि अब पारा ओलम्पिकको सुरुवात हुँदै छ। पारा ओलम्पिक खेलको आयोजना २४ अगस्टबाट ५ सेप्टेम्बरसम्म हुँदै छ।पारा ओलम्पिक पनि कोरोना महामारीका कारण निर्धारित समयभन्दा १ वर्ष ढिला आयोजना हुन लागेको हो।पारा ओलम्पिकमा विश्वभरका पारा (विकलाङ) खेलाडीहरूको सहभागिता रहने गर्दछ। ओलम्पिक जस्तै यो खेल पनि हरेक चार वर्षमा आयोजना हुने गर्दछ। यो प्रतियोगिता टोकियोका २१ मैदानमा १३ दिनसम्म चल्नेछ।यो पटक टोकियो ओलम्पिकमा १३६ देशले सहभागिता जनाएका छन्। यो पटक थप दुई देश भुटान