काठमाण्डाै – लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २१ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव ७१ विन्दुमा झरेको छ ।
आज विकास बैंक, जलविद्युत् र फाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २७ वटा कम्पनीकाे ३० लाख २० हजार कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज शिखर इन्सुरेन्सको शेयर १० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट बैंक तथा गुराँस लघुवित्त ...