काठमाण्डाै – शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से ७ दशमलव ३८ अङ्कले घटेर २ हजार ५३ दशमलव १६ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २२ वटा कम्पनीकाे ५२ लाख ३० हजार कित्ता शेयर एक अर्ब ७२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज एनआईबीएल समृद्धि फन्डकाे शेयर झन्डै सात प्रतिशत र दोर्...