सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–०८० बजेटप्रति एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले खुसी ब्यक्त गरेका छन् । संसदमा बजेट भाषण सकिएलगत्तै सामाजिक सञ्जाल मार्फत उनले अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् । अघिल्लो सरकारले ल्याएको भक्तपुरका योजनाहरु यो सरकारले पनि समावेस गरेको भन्दै उनले खुसी ब्यक्त गरेका हुन् । सूर्यविनायक धुलिखेल ६ लेन सडक निर्माण, कोटेश्वर अन्डरपास निर्माण, साँगा सुरङ्ग मार्ग डीपीआर निर्माण, दधिकोट सहरी खानेपानी आयोजनालाई निरन्तरता दिएको भन्दै अर्थमन्त्रील