गतसाता परेको बाढीले क्षतिग्रस्त बनाएका उदयपुरको चार गाउँपालिकाका २७ वटा ग्रामीण सडक सुचारु गर्न करिब ११ करोड रुपैयाँ लाग्ने भएको छ । सबैलाई जोड्दा ५ सय २२ किलोमिटर लामो हुने यी ग्रामीण सडक मर्मतका लागि १० करोड ६५ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान जिल्ला विपद् व्यवस्थापन समितिले गरेको हो ।