यही भदौ १३ गते दिउँसो बानेश्वरमा एकजना पुराना राजनीतिज्ञ अनयासै भेटिनुभयो । एकछिन सडकमै उभिएर सामान्य सञ्चो बिसञ्चो सोधपुछ पछि हामी अलि लामो समय भलाकुसारी गर्न नजिकैको चिया पसलमा पस्यौँ । हामी बिच पञ्चायतकालदेखि नै घनिष्ट मित्रता थियो । उहाँ मेरो अग्रज भए पनि उहाँको म प्रतिको व्यवहार साथी सरहको थियो । त्यसबेला म विद्यार्थी राजनीतिमा औसत भन्दा बढी नै सक्रिय थिएँ भने उहाँ प्रतिबन्धित दलको राजनीतिमा पूर्णकालीन रुपमा समर्पित हुनुहुन्थ्यो । हाम्रो संगठन भने फरक फरक थियो तर पनि हाम्रो मित्रता ज्यादै प