क्यान इन्फोटेक २०२४ सम्पन्न, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रव

सम्बन्धित सामग्री

बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ हुने

मकवानपुरमा भोलिदेखि बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक  काठमाडौं । मकवानपुरमा भोलिदेखि बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा मकवानपुरको आयोजनामा भोलिदेखि मकवानपुरको रोयल पार्टी प्यालेसमा इन्फोटेक (सूचना प्रविधि प्रदर्शनी) हुन लागेको हो ।  क्यान जिल्ला शाखा मकवानपुरका सचिव गोविन्द चौलागाईले इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । इन्फोटेक चैत ६ गतेसम्म चल्नेछ ।  इन्फोटेकको मुख्य प्रायोजकमा आइकन सफ्ट प्रालि र सहप्रायोजकमा एम बैंक रहेको छ । इन्फोटेककोे उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने भएकी छन् ।  इन्फोटेकमा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगिता हुनेछ । इन्फोटेकमा चैत ३ गते साइबर सुरक्षासम्बन्धी सेमिनार, चैत ४ गते कृषि उत्पादन तथा प्रर्वद्धनका लागि डिजिटिलाइजेसन सेमिनार र चैत ५ गते नेटवर्किङ र सीसीटीभीसम्बन्धी सेमिनार हुने भएको छ ।  मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्पसमेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको पनि सञ्चालन गरिनेछ ।  क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले २०६३ सालयता ६ पटक इन्फोटेक आयोजना गरिसकेको छ ।

धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदै, शीर्ष प्रायोजकमा नेपाल दूरसञ्चार प्राधिकरण

फागुन १६ गतेदेखि २० गतेसम्म धनगढीमा क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको शीर्ष प्रायोजनक रहेको उक्त इन्फोटेकमा एशोसियट प्रायोजकमा नेपाल टेलिकम रहेको छ ।  क्यान महासंघले कैलालीले आयोजना गरेको ५ दिनसम्म धनगढीमा चल्ने क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धि वृहत प्रदर्शनी हुनेछ । यसका साथै सेमिनार पनि सञ्चालन गरिने जनाइएको छ ।  देशको...

क्यान इन्फोटेक प्रदर्शनी माघ २४ देखि – देशसञ्चार

काठमाडौँ – सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ गतेसम्म प्रदर्शनी हुने भएको हो । महासंघका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । […]

भृकुटीमण्डपमा क्यान इन्फोटेक हुने, स्टल बुकिङ खुला

काठमाडौं : आगामी माघ २४ देखि भृकुटीमण्डपमा  क्यान इन्फोटेक मेला हुने भएको छ। २९ गते सम्म चल्ने मेलाको स्टल बुकिङसमेत खुलेको क्यान महासंघले जनाएको छ।सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि क्यान इन्फोटेक मेला आयोजना हुँदै आएको छ।यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरु को अधिकतम सहभागिता रहने क्यान

क्यान इन्फोटेक सम्पन्न, सवा दुई लाख अवलोकनकर्ता

७ वैशाखदेखि १२ गतेसम्म आयोजना भएको ‘आइएमई पे क्यान इन्फोटेक २०२२’ सम्पन्न भएको छ । यो संस्करणमा करिब सवा दुई लाखजना अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ ।  क्यान इन्फोटेकको स्टार्टअप र...

क्यान इन्फोटेक मेला सम्पन्न

काठमाडौं (अस) । गत ७ वैशाखदेखि शुरू गरिएको क्यान इन्फोटेक मेला सोमवार सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको ‘आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएशन विथ एससीटी स्मार्ट क्यूआर’ सफलतापूर्वक सम्पन्न भएको आयोजक क्यान महासंघले जानकारी दिएको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी प्रत्येक वर्ष हुँदै आएकोमा गत २ वर्ष कोभिडका कारणले  हुन नसकेको आयोजकको भनाइ छ । यसपटकको मेलामा आईसीटी एसेसोरिज र अन्य विभिन्न स्टलहरूमा छूट तथा अफरको व्यवस्था गरिएको थियो । वैशाख ७ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र  बहादुर कार्कीले मेलाको उद्घाटन गरेका थिए । मेला अघिल्लो संस्करणको तुलनामा कमले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । ‘२ वर्षअघि सम्पन्न क्यान इन्फोटेकको २६औं संस्करण करीब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा करीब सवा २ लाख जना अवलोकनकर्ताले अवलोकन गरेका छन्,’ आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनीमा नेपाली कलाकारहरूको प्रस्तुति थियो । त्यस्तै प्रशासक तथा पूर्व प्रशासकहरूले पनि मेला अवलोकन गरेको बताइएको छ । आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएशन विथ एससीटी स्मार्ट क्यूआरको उत्कृष्ट स्टलको पुरस्कार वल्र्डलिंक कम्युनिकेशन तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बीआईसी टेक्नोलोजीले पाएका छन् । उत्कृष्ट स्टलको पुरस्कार राशी ५० हजार रहेको छ । यस्तै उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गरिने क्यान महासंघको योजना छ । क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरू विभिन्न खण्डमा रहेका थिए । जसमा ब्रान्डिङ, फिनटेक, स्टार्टअप र इन्नोभेशन, आईसीटी एसेसोरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए । मेलाको शीर्ष प्रायोजक आईएमई पे रहेको थियो । त्यस्तै सह–प्रायोजक एससीटी स्मार्ट क्युआर युनियन पे थियो ।

वैशाख ७ बाट क्यान इन्फोटेक

काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यूआरको तयारी अन्तिम चरणमा पुगेको छ । दुईपटक स्थगित भएको एवं विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यसपटक काठमाडौंमा मात्र हुने भएको बताइएको छ । २७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पेले […] The post वैशाख ७ बाट क्यान इन्फोटेक appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘क्यान इन्फोटेक’ वैशाख ७ देखि सुरु हुने

काठमाडौँ– सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२२’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ। क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले […]

क्यान इन्फोटेक वैशाखको दोस्रो साता

काठमाडौं, फागुन १२ । क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन् १९९५ देखि वर्षेनी आयोजना हुँदै आएको इन्फोटेक कोरोनाका कारण पछिल्लो […]