बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ हुने

मकवानपुरमा भोलिदेखि बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक  काठमाडौं । मकवानपुरमा भोलिदेखि बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा मकवानपुरको आयोजनामा भोलिदेखि मकवानपुरको रोयल पार्टी प्यालेसमा इन्फोटेक (सूचना प्रविधि प्रदर्शनी) हुन लागेको हो ।  क्यान जिल्ला शाखा मकवानपुरका सचिव गोविन्द चौलागाईले इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । इन्फोटेक चैत ६ गतेसम्म चल्नेछ ।  इन्फोटेकको मुख्य प्रायोजकमा आइकन सफ्ट प्रालि र सहप्रायोजकमा एम बैंक रहेको छ । इन्फोटेककोे उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने भएकी छन् ।  इन्फोटेकमा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगिता हुनेछ । इन्फोटेकमा चैत ३ गते साइबर सुरक्षासम्बन्धी सेमिनार, चैत ४ गते कृषि उत्पादन तथा प्रर्वद्धनका लागि डिजिटिलाइजेसन सेमिनार र चैत ५ गते नेटवर्किङ र सीसीटीभीसम्बन्धी सेमिनार हुने भएको छ ।  मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्पसमेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको पनि सञ्चालन गरिनेछ ।  क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले २०६३ सालयता ६ पटक इन्फोटेक आयोजना गरिसकेको छ ।