क्यान इन्फोटेक मेला सम्पन्न

काठमाडौं (अस) । गत ७ वैशाखदेखि शुरू गरिएको क्यान इन्फोटेक मेला सोमवार सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको ‘आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएशन विथ एससीटी स्मार्ट क्यूआर’ सफलतापूर्वक सम्पन्न भएको आयोजक क्यान महासंघले जानकारी दिएको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी प्रत्येक वर्ष हुँदै आएकोमा गत २ वर्ष कोभिडका कारणले  हुन नसकेको आयोजकको भनाइ छ । यसपटकको मेलामा आईसीटी एसेसोरिज र अन्य विभिन्न स्टलहरूमा छूट तथा अफरको व्यवस्था गरिएको थियो । वैशाख ७ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र  बहादुर कार्कीले मेलाको उद्घाटन गरेका थिए । मेला अघिल्लो संस्करणको तुलनामा कमले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । ‘२ वर्षअघि सम्पन्न क्यान इन्फोटेकको २६औं संस्करण करीब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा करीब सवा २ लाख जना अवलोकनकर्ताले अवलोकन गरेका छन्,’ आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनीमा नेपाली कलाकारहरूको प्रस्तुति थियो । त्यस्तै प्रशासक तथा पूर्व प्रशासकहरूले पनि मेला अवलोकन गरेको बताइएको छ । आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएशन विथ एससीटी स्मार्ट क्यूआरको उत्कृष्ट स्टलको पुरस्कार वल्र्डलिंक कम्युनिकेशन तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बीआईसी टेक्नोलोजीले पाएका छन् । उत्कृष्ट स्टलको पुरस्कार राशी ५० हजार रहेको छ । यस्तै उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गरिने क्यान महासंघको योजना छ । क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरू विभिन्न खण्डमा रहेका थिए । जसमा ब्रान्डिङ, फिनटेक, स्टार्टअप र इन्नोभेशन, आईसीटी एसेसोरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए । मेलाको शीर्ष प्रायोजक आईएमई पे रहेको थियो । त्यस्तै सह–प्रायोजक एससीटी स्मार्ट क्युआर युनियन पे थियो ।

सम्बन्धित सामग्री

हेटौंडामा क्यान इन्फोटेक सुरु

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मकवानपुरको आयोजनामा हेटौंडामा विहीबारबाट सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु भएको छ।...

हेटौंडामा क्यान इन्फोटेक सुरु

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मकवानपुरको आयोजनामा हेटौंडामा विहीबारबाट सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु भएको छ।...

धनगढीमा क्यान इन्फोटेक सञ्चालन हुने

कैलाली । धनगढीमा क्यान इन्फोटेक सञ्चालनमा हुने भएको छ । कम्प्युटर एशोशियसन नेपाल (क्यान) कैलालीले धनगढीमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण फागुन १६ गते देखि २० गते सम्म सञ्चालन हुने भएको हो । पहिलो इन्फोटेक भएको सात वर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो । मेलामा सूचना प्रविधिको बारेमा जानकारी […]

तीन लाख मानिसले अवलोकन गरे क्यान इन्फोटेक

काठमाडौं, २९ माघ। भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले क्यान इन्फोटेकमा सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको बताए। मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको जनाए । क्यान इन्फोटेक माघ २४–२९ गतेसम्म सञ्चालन भएको हो।

मंगलबारदेखि इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३

इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एशोसियसन विथ डिशहोम फाइबरनेट मंगलबारदेखि सुरू हुने भएको छ । माघ २४ गतेदेखि सुरू हुने क्यान इन्फोटेक माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।   काठमाडौंको प्रर्दशनीमार्ग स्थिति भृकुटिमण्डपमा आयोजना हुने इन्फोटेकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रडण्डले उद्धाटन गर्ने कार्यक्रम रहेकाे छ । यस्तै विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना...

भृकुटीमण्डपमा क्यान इन्फोटेक हुने, स्टल बुकिङ खुला

काठमाडौं : आगामी माघ २४ देखि भृकुटीमण्डपमा  क्यान इन्फोटेक मेला हुने भएको छ। २९ गते सम्म चल्ने मेलाको स्टल बुकिङसमेत खुलेको क्यान महासंघले जनाएको छ।सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि क्यान इन्फोटेक मेला आयोजना हुँदै आएको छ।यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरु को अधिकतम सहभागिता रहने क्यान

सुरू भयो क्यान इन्फोटेक, स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक बुधबारबाट सुरू भएको छ । बुधबारबाट सुरू भएको क्यान इन्फोटेक सोमबारसम्म चल्नेछ ।  बुधबार बिहान राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले क्यान इन्फोटेकको उद्घाटन गरेका थिए ।  उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री...

क्यान इन्फोटेक माघ १८ देखि

क्यान इन्फोटेक २०२२ मा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न कक्ष रहनेछन्।...

माघ १८ गतेदेखि भृकुटीमण्डपमा क्यान इन्फोटेक

काठमाडौं, पुष ११ । आगामी माघ तेस्रो साता क्यान इन्फोटेक सञ्चालन हुँदैछ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२२ आगामी माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको हो । यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुवल दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको महासंघले जनाएको छ । सूचना […]