लेले टिकाभैरव निवासी गोदावरी नगरपालिकाका मेयरका लागि एमालेका प्रत्याशी गम्भीरबहादुर राणा २०७४ सालको चुनावमा गोदावरी नगरपालिका ६ बाट निर्वाचित वडा सदस्य हुन् । उनले आफूलाई जनताले जिताएमा लेले नल्लु क्षेत्रमा मापदण्डविपरीत सञ्चालित खानी तथा क्रसर उद्योग व्यवस्थापन, बज्रबाराही अस्पताल एक सय शय्या क्षमताको बनाउने, राजस्व संकलन गर्ने नाममा जनताको ढाड सक्ने किसिमले कर नउठाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।