पहिरोले विद्यालय भवनमा क्षति

पर्वत । फलेवास नगरपालिका– ३ शंकरपोखरीस्थित जनसहयोगी मावि भवन पहिराले भत्काएको छ ।  गत वर्ष निर्मित तीनकोठे

सम्बन्धित सामग्री

पहिरोले विद्यालय भवनमा क्षति, विद्यार्थी एकै ठाउँमा राखेर पढाइँदै

पर्वत : पहिरोले विद्यालयको भवनमा क्षति पुग्नुका साथै अन्य भवन जोखिममा परेपछि जिल्लाको फलेवास नगरपालिका–२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालय समस्यामा परेको छ। विद्यालयको भवन भन्दा करिब ५० मिटर माथि रहेको मोटर बाटोबाट आएको पहिरोले विद्यालयका तीन वटा भवनका तीन वटा कोठामा क्षति पुगेको तथा आठ वटा कोठामा जुनकुनै अवस्थामा थप पहिरो आउन सक्ने सम्भावना देखिएको प्रधानाध्यापक विष्णुप्रसाद शर्माले बताए।पहिलो पटक गत असार १६ गते आएको भवनको पछाडिको भागबाट आएको बाढीसहितको पहिरोले क्षति ग

पहिराले दुई विद्यालय जोखिममा

ढोरपाटन, २१ असार  । केही दिनदेखि परेको अविरल वर्षाका कारण बागलुङमा दुई विद्यालय पहिरोको जोखिममा परेका छन् । निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दागस्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिराको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ । पहिरोले देउराली प्राविको भवनको जग्गा नै बगाउन थालेको छ भने […]

पहिरोले विद्यालयमा क्षति, पठनपाठन प्रभावित

बैतडी : लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका वडा नं ९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ। विद्यालयको खेलमैदान र पर्खाल पहिरोले लगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।वर्षाका कारण विद्यालयको तीनकोठे भवन उच्च जोखिममा रहेको भाटले बताए। उनले भने, ‘विद्यालय भवनको आँगनबाटै पहिरो गएको छ। भवन उच्च जोखिममा रहेकाले भवन भत्किने अवस्थामा पुगेको छ।’ विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको भाटले बताए। उनले

पहिरोले विद्यालय भवनमा क्षति,पठनपाठनमा समस्या

बैतडी : वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सिगास गाउँपालिका-८ स्थित लेक लुपुड माविको भवनमा क्षति पुर्याउनुका साथै उच्च जोखिममा परेको छ। आज बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षति पुगेको र उच्च जोखिममा रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए।उनले भने,' विद्यालयका दुईओटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिरोले दुवै भवनका गरेर चारकोठामा क्षति गरेको छ। बाँकी रहेको भवन र विद्यार्थीको खाजा खाने क्यान्टिन पनि जोखिममा गरेको छ।'चार कोठे नयाँ भवन संघीय

पहिरोका कारण विद्यालय जोखिममा

बागलुङ  । सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय जोखिममा परेको छ ।  ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने उक्त सडक विस्तारका क्रममा

पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठनमा समस्या

बैतडीको पञ्चेश्वर गाउँपालिका–१ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या भइरहेको छ । गत असोज पहिलो साता परेको अविरल वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएको थियो ।

पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो ।  विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताइन् । विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्या

पहिरोले विद्यालय बगाउँदा पठनपाठन ठप्प

काभ्रे, असोज १४ । पहिरोले विद्यालयको भवन बगाएपछि काभ्रेकोे महाभारत गाउँपालिका–४ को बुढानिलकण्ठ प्राथमिक विद्यालयमा पठनपाठन ठप्प भएको छ । गत असोज ८ गते विद्यालय नजिकै गएको सुख्खा पहिरोले ६ कोठे भवन र २ वटा शौचालय बगाएको हो । विद्यालयको भवन बगाएपछि एक हप्तादेखी विद्यालयको पठनपाठन ठप्प छ । पठनपाठन सञ्चालनको लागि सरोकारवाला पक्षले चासो […]

बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो । ‘गत वर्ष मंसिरदेखि चैतसम्म विद्यालय खुलेका थिए, घाम […]

पहिरोले विद्यालय र सरकारी कार्यालय जोखिममा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासमा अधिकांश ठाउँमा पहिरो जाँदा विद्यालय र सरकारी कार्यालय जोखिममा परेका छन् । अविरल वर्षाका कारण खसेको पहिरोले बजार क्षेत्रमा जोखिम बढेको छ । बेनीको न्यूरोडस्थित घतानचोकमा हिलसाइडबाट खसेको पहिरोले दुई घरमा क्षति पु¥याएको छ भने केही घर जोखिममा परेका छन् । यसैगरी बेनी सामुदायिक विद्यालय नजिक वराहपाखोबाट रूखसहित ठूलो पहिरो खसेको छ । पहिरोका कारण बेनी–अर्थुंगे सडक पूर्णरूपमा बन्द भएको छ । पाखो चर्किएकाले जतिबेला पनि पहिरो जान सक्ने खतरा बढेको छ  । पहिरोका कारण बेनी सामुदायिक विद्यालय र तीनओटा सरकारी कार्यालय जोखिममा परेका छन् । पहिरोकाले खानेपानी तथा सिँचाइ, वन डिभिजन कार्यालय र पशु तथा भेटेरिनरी कार्यालयको आवासगृह जोखिममा परेका हुन् । यसैगरी महारानीथान नजिक पनि माथि पाखोबाट ठूलो पहिरो खसेको छ । यहाँ खसेको पहिरोका कारण बेनी नगरपालिका–७ मंगलाघाट बजार जोखिममा परेको स्थानीय कृष्णबहादुर बानियाँले बताए । ठूल्ठूला ढुंगासहितको पहिरो खसेकाले बजार क्षेत्र जोखिममा परेको बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बस्तीमाथिबाट ठूला ढुंगासहितको पहिरो खसेको उनले बताए । वर्षासँगै आएको पहिरोका कारण सडक जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिरोले बेनी–दरबाङ सडक र बेनी–जोमसोम सडक ठप्प भएका छन् । त्यसैगरी बेनी–बगरफाँट–भकिम्ली, बेनी–वरञ्जा, बेनी–अर्थुंगे–पुलाचौर, बेनी–घतान, बेनी–पाखापानी लगायत दर्जनौं सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । पहिरो र बाढीले सडक भत्काएकाले यातायात ठप्प भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । सडक खुलाउन तीन दिनसम्म लाग्न सक्ने उनको भनाइ छ ।