कर्मचारीलाई आवास सुविधा दिने लुम्बिनी प्रदेश सरकारको निर्णय

२९ मङ्सिर, दाङ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । स्थायी राजधानीमा दाङमा स्थान्तरणका क्रममा आउने कर्मचारीहरुलाई सहजताका लागि वर्ग विभाजन गरेर आवासको सुविधा दिने निर्णय गरिएको सरकारका […]

सम्बन्धित सामग्री

मन्त्रालयको संख्या १० मा झार्ने लुम्बिनी सरकारको निर्णय

दाङ – लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १० वटा मन्त्रालय बनाउने निर्णय अनुमोदन गरेको छ। मन्त्रिपरिषद्ले पूर्णता पाएपछि मंगलबार बसेको पूर्ण बैठकले मन्त्रालय घटाउने निर्णय अनुमोदन गरेको सरकारका प्रवक्ता तथा खानेपानी ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए। मन्त्रालयको नामसहित राजपत्रमा सूचना प्रकाशित गरिएको छ। नयाँ सरकार बनेपछि प्रदेशमा मन्त्रालयको संख्या घटाइएको हो। […]

कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने लुम्बिनी प्रदेश सरकारको निर्णय

काठमाडौँ- मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछि बुधबार लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा बसेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन […]

टेलिभिजन र रेडियो नवीकरण छुट दिने लुम्बिनी सरकारको निर्णय

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशबाट इजाजत प्राप्त टेलिभिजन र एफएम रेडियोका लागि आर्थिक वर्ष २०७८/७९ को इजाजत पत्र नवीकरण दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । त्यस्तै बैठकले नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था […]

भालुवाङमा सम्पर्क कार्यालय खोल्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न  पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। बैठकले पदक सिफारिश समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय गरेको छ । असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७...

कोभिड कोषमा १० करोड थप्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।त्यस्तै बैठकले मंगलबार प्रदेशसभामा प्रस्तुत गर्ने सरकारको नीति कार्यक्रम स्वीकृत गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले भोलि नीति कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए  ।

कोभिड कोषमा १० करोड थप गर्ने लुम्बिनी सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा बजेट थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । बैठकले जेठ २५ गते प्रदेश सभामा प्रस्तुत हुने सरकारको नीति कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुखलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

सार्वजनिक बिदा थप्ने प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले यसअघि सरकारले तयार गरेको बिदाको क्यालेन्डरलाई संशोधन गरि केहि सार्वजानिक बिदाहरु समेत थपेको छ । यस अघि बिदाको क्यालेन्डरमा समावेश नगरिएको प्रदेश स्थापना दिवस, माघे सक्रान्तिको अर्को दिन (माघ-२), मुस्लिम धर्मालम्वीहरुको बकर इद पर्वका दिन तथा कृष्ण जन्मास्टमीमा पनि प्रदेश भरी बिदा दिने निर्णय गरिएको छ । प्रदेश मन्त्रिपरिषदको आजको बैठकले  स्थानीयस्तरमा महत्व राख्ने भुम्या पूजाकादिन रुकुम, रोल्पा, भगवती पूजाकादिन पाल्पा तथा अटवारी पर्वका दिन तराईका ६ जिल्लामा बिदा दिने निर्णय गरेको छ । प्रदे...