लुम्बिनी प्रदेश सरकारले यसअघि सरकारले तयार गरेको बिदाको क्यालेन्डरलाई संशोधन गरि केहि सार्वजानिक बिदाहरु समेत थपेको छ ।
यस अघि बिदाको क्यालेन्डरमा समावेश नगरिएको प्रदेश स्थापना दिवस, माघे सक्रान्तिको अर्को दिन (माघ-२), मुस्लिम धर्मालम्वीहरुको बकर इद पर्वका दिन तथा कृष्ण जन्मास्टमीमा पनि प्रदेश भरी बिदा दिने निर्णय गरिएको छ ।
प्रदेश मन्त्रिपरिषदको आजको बैठकले स्थानीयस्तरमा महत्व राख्ने भुम्या पूजाकादिन रुकुम, रोल्पा, भगवती पूजाकादिन पाल्पा तथा अटवारी पर्वका दिन तराईका ६ जिल्लामा बिदा दिने निर्णय गरेको छ । प्रदे...