प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार प्रवेश (फोटोफिचर)

काठमाडौं, १३ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नै निजी निवास खुमलटारमा बस्दै आएका प्रधानमन्त्री दाहाल भर्खरै बालुवाटार प्रवेश गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल बालुवाटार सरे, छोरी गंगाले बुझिन् चाबी (फोटोफिचर)

काठमाडौं, १३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ सरकारी निवास बालुवाटार सरेका छन् । ज्योतिषले जुराएको साईतअनुसार नै प्रधानमन्त्री दाहाल आज साँझ ६ः४५ बजे बालुवाटार प्रवेश गरेका हुन् । सो क्रममा बालुवाटारको सरकारी निवासको चाबी सरकारी अधिकारीहरुले प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

बालुवाटार प्रवेश नगर्दै प्रधानमन्त्री दाहालको यस्तो बोल्ड निर्देशन

काठमाडौं, ११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रधानमन्त्री दाहाल आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालुवाटार प्रवेश गर्नुअघि प्रधानमन्त्री दाहालले बालुवाटारमा महँगो र भड्किला सामान नकिन्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । प्रचण्डले आफू निर्णायक अवस्थामा देशको नेतृत्वमा पुगेको […]