गणपति लघुवित्तको साधारण सभा सम्पन्न, २० % लाभांश पारित

पुस १८, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरिसकेको छ ।  यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । साथै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्ग र निरजा शर्मा सापकोटालाई निर्विरोध निर्वाचित  गरेको छ ।

सम्बन्धित सामग्री

गणपति लघुवित्तको २० प्रतिशत लाभांश पारित

गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा भएको साधारणसभाको सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए ।साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशतले हुने बोनश सेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगायतका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको […]

४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

पुस ५, काठमाडौं । चार ओटा अलग - अलग कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको छ ।  दुई ओटा वाणिज्य बैंकसहित चार  ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको हो । नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न मंगलवारसम्म शेयर कायम गर्नुपर्ने छ ।  ती चार ओटा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।  नेपाल एसबिआई बैंकले यस वर्ष ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश पारित गर्न प्ुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।  त्यस्तै एनएमबि बैंकले यस वर्ष १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस पुस २२ गते २६औं वार्षिक साधारण सभा मार्फत पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भने पुस ७ गते एक दिन मात्र बुक क्लोज गर्ने भएको छ ।  छिमेक लघुवित्तले भने यस वर्ष २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित गराउने तयारी गरेको छ ।  कम्पनीले सभा प्रयोजनका लागि पुस ७ गतेदेखि सभा हुने दिनसम्मनै बुक क्लोज गर्ने भएको छ ।  गणपति लघुवित्तले यस वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा ती चार ओटै कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पुस ६ गतेसम्मका शेयरधनीहरु मात्र योग्य हुनेछन् ।

लाभांश पारित गर्न गणपति लघुवित्तले बोलायो पुस १७ मा साधारण सभा

मंसिर २१, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस शुक्लगण्डकी नगरपालिका ४ दलेगौंडा तनहुँमा गर्न लागेको जानकारी दिएको छ ।सभाले १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साथै सभाले सर्वसाधारण शेयरधनीकोतर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।   कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त कम्पनीहरुसँग गाभ्ने गाभिने वा प्राप्ति गर्न उपयुक्त लघुवित्तहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्नेलगायतका सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ७ गतेदेखि १६ गतेसम्म बन्द रहनेछ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।