जेठ १५ गते प्रस्तुत हुने आगामी आर्थिक वर्षका बजेट निर्माणका लागि सरकार जुटिरहेको छ । सरकारले दिगो विकासलाई प्राथमिकता देला कि चुनावी लाभहानिको हिसाब गरेर बजेट ल्याउला भन्ने धेरैको चासो रहेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महामारी रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकता दिने बताउँदै आएका छन् । तर, सम्भावित चुनाव र सत्तासमप्करणका लागि सरकारले क्षणिक लोकप्रियता र वाहवाही कमाउने उद्देश्यले बजेट ल्याउन सक्ने सम्भावना रहेको धेरैको अनुमान छ ।
अहिले महामारीको डरलाग्दो र विषय परिस्थिति छ । सरकारले स्वास्थ्य सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा पपुलर बजेट ल्याएर जनताको भविष्य माथिको खेलबाड गर्नु हुँदैन । कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्न धेरै पक्षमा विचार पु¥याउनुपर्ने अवस्था छ । सरकारी आम्दानी घटेको, ऋण बढेको र खर्च गर्नुपर्ने ठाउँ थपिएको हुँदा यसलाई सन्तुलित बनाउन गाह्रो पर्ने देखिन्छ । अर्थतन्त्र सन्तुलित बनाउनका लागि उत्पादन र वितरण दुवैलाई हेरिनुपर्छ । उत्पादन नगरेर वितरण मात्रै गर्नु भनेको राज्यलाई कंगाल हुने बाटोमा लैजानु हो । नयाँ बजेट प्रचारमुखी भएमा अर्थतन्त्र थप संकटमा फस्नेछ ।
सानो आकारको चुस्त कार्यक्रमसहितको बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्थामा छ । सानो आकारको बजेटभित्रै न्यून प्राथमिकताका विभिन्न शीर्षकमा रकम छर्ने गरी बिजेट ल्याउन सक्ने सम्भावना पनि छ । प्रधानमन्त्री आफैले वृद्धभत्ता बढ्छ भनेर भनिसक्नुभएको छ । त्यस्तै प्रकृतिका २–४ ओटा कार्यक्रम पक्कै सरकारले ल्याउँछ । देखाउनकै लागि ल्याइने यस्ता कार्यक्रम प्रभावकारी हुने गरेको पाइँदैन ।
सौरभ अधिकारी
कलंकी, काठमाडौं ।