नेपाली कांग्रेसको तल्लो तहका अधिवेशन स्थगित

काठमाडौं : नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ।शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने निर्णय गरेको हो।साउन १२ बाट गरिने भनिएको वडा तहको अधिवेशन क्रियाशील सदस्यता विवादले स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि अर्को मिति तोकिने उनले बताए।स्थानीय तलको अधिवेशनको तालिका फेरिने भए पनि यसबाट केन्द्रीय अधिवेशनक

सम्बन्धित सामग्री

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौँ । आगामी माघ १५ गते हुने भनिएको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । कोभिड–१९ महामारीका कारण १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको […]

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ मा

काठमाडौं : विवादकाबीच रोकिएको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ।केन्द्रीय महाअधिवेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो।प्रदेश २ विवाद हुँदा त्यसको असर केन्द्रीय महाधिवेशनमा समेत पर्नसक्ने भएकोले प्रदेश अधिवेशन स्थगित गरिएको थियो। प्रदेशका २ का ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन्।सर्लाही, सप्तरी र रौतहटबाट मतदाताको नाम आउन नसकेपछि अधिवेशन स्थगित गरिएको थियो। सर्लाहीका कतिप

कांग्रेस प्रदेश २ अधिवेशन स्थगित

काठमाण्डाै – नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेश २ संयोजक रमेश रिजालले आज सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो । उहाँले प्रदेशको आठ निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउनसक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पार्नुभयो । संयोजक रिजालले भन्नुभयो, ‘प्रदेशको ...

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित गरिएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो। निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइएको छ । अधिवेशनको अर्को मिति भने उल्लेख छैन ।

नेपाली कांग्रेस कैलालीको अधिवेशन स्थगित

धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। नेपाली कांग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रबारदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको जानकारी दिएको छ। पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए। प्रदेश अधिवेशनमा सहभागी हुन नौ वटै […]

रुकुम पश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत – रुकुम पश्चिममा शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ। शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिकस्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो। धार्मिक मेलाका कारणले रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए। ‘धार्मिक अवसरमा […]

आन्तरिक तयारी नपुगेको भन्दै पर्सामा कांग्रेसको वडा अधिवेशन स्थगित

वीरगंज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भोलिदेखि पर्सामा शुरु हुने गाउँ/नगर वडा अधिवेशन फेरी स्थागित भएको छ। आन्तरिक प्राविधिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी गराए। सूचना प्रकाशित गर्दै अर्को सूचना नआउन्जेल सम्म गाउँ/नगरको वडा अधिवेशन स्थगित गरिएको उनले जनाए। नेपाली कांग्रेस…

जुम्ला कांग्रेस जिल्ला अधिवेशन दशैँपछि हुने

जुम्ला – नेपाली कांग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । आज आइतवार असोज १८ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको हो ।  दशैँ पनि नजिकिएको, अधिवेशनको आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । आउँदो कात्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएको तर यसमा पार्टी केन्द्रले एक÷दुई दिन अघिपछि पनि गर्न सक्ने उहाँले बताउनुभयो ।  वडा पालिका, प्रदेश क र ख सबै अधिवेशन सकिएको र अब ज...

कांग्रेस काभ्रेका निर्वाचन अधिकृत बेपत्ता, अधिवेशन स्थगित !

काठमाडौं : नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिनासूचना बेपत्ता भएको सो पार्टीले जनाएको छ।नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता भएको बताएका छन्।आचार्यले सामाजिक स‌ञ्जालमा लेखेका छन्, ‘मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएक