नेपाली काँग्रेस रौतहटले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि विरोध प्रदर्शन गरेको छ । काँग्रेसले सोमबार रौतहटको गरुडा नगरपालिकाको गौर चपुर जाने बाटो ३० मिनेट चक्का जाम गरी विरोध जनाएका हो ।काँग्रेस रौतहटका वरिष्ठ नेता हृदयनारायण यादवको अध्यक्षतामा भएको कोणसभामा बोल्ने वक्ताले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण नगरे मधेसमा भीषण आन्दोलन हुने चेतावनी दिएका थिए । यस्तै मधेस प्रदेश सदस्य एवम सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिशकुमार गुप्ताले मधेस प्रदेशमा हजारौं ज