पर्सा : पुस महिनाभर खासै चिसो नभएको यो हिउँदमा माघ लागेदेखि मध्य तराईको जनजीवन प्रभावित भएको छ। कोरोनाको तेस्रो भेरियन्टका रूपमा बढेको ओमिक्रोन भाइरसको चापसँगै मध्य तराईमा चिसोको चाप पनि नराम्ररी बढेको हो।पुस महिनाको भन्दा अधिक चिसो बढेका कारण काम विशेषले घरबाहिर निस्कन पर्ने र दैनिक रोजगारी तथा ज्याला मजदुरी गरी आफू र परिवारको खर्च जुटाउने सर्वसाधारण निकै सास्ती भोगिरहेका छन्।पुसमा स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक चौराहामा आगो बालिदिने र विपन्नलाई न्यानो कपडा वितरण गरिए पनि माघको अधि