पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन । पोखरा–११ फूलबारी र सिमपानीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित एक महिला र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । उनका अनुसार तनहुँ शुक्लागण्डकी, खैरेनीटार घर भई पोखरा –११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषध सहित पक्राउ परेकी छन् । भण्डारीको साथबाट डाइजापाम ६२, फेनेरागन ६२ र आइबुनर्फिन ६२ एम्