'नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३'को १२ औं संस्करण तीन चरणमा नेपालका तीन सहरमा आयोजना हुने भएको छ । पत्रकार सम्मलेन गर्दै नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले वैशाख १५ देखि महोत्सव सुरु हुने जानकारी दिएको हो ।
सुर्खेत। ‘नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ आज (बुधवार)देखि सुर्खेतमा शुरू हुने भएको छ । उक्त फिल्म फेस्टिभलको यो १२औं संस्करण हो, जसको आयोजक ‘द डेलिगेसन अफ युरोपियन युनियन नेपाल’ रहेको छ । फेस्टिभल शुक्रवारसम्म चल्नेछ । फेस्टिभलमा युरोपका आठ र नेपालका आठ लघु फिल्म प्रदर्शन गरिने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेपे्रजले जानकारी दिइन् ।
‘मानवअधिकार प्रवद्र्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुने उनले बताइन् । उनका अनुसार ‘एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरबाट शुरू भएको फिल्म फेस्टिभल सुर्खेत हुँदै जेठ १ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न हुनेछ ।
फेस्टिभलमा ‘अस्कर एण्ड लीली’ (अष्ट्रिया), ‘रमोना’ (स्पेन), ‘इयो स्टबने’ (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), ‘चाइल्डहुड’ (स्विडेन, लाटभिया, इराक), ‘इनभिजिबल’ (लिथुअनिया, लाट्भिया, युक्रेन, स्पेन), ‘डेटिङ अम्बर’ (आयरल्यान्ड, यूके) र ‘मित्र’ (नेदरल्यान्ड्स) छन् । फेस्टिभलमा नेपाली फिल्म ‘आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, ‘गोर्खा गर्ल’, ‘ब्लुज अफ पिंक’, ‘जुन्को’, ‘बागथान’, ‘लिभिङ विथ डिग्निटी’, ‘फोर नाइटस’ र ‘ड्रिफ्टिङ क्लाउड्स’ देखाइने बताइएको छ ।
शुक्रबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो । बिहीबार पत्रकार सम्मलेन गर्दै नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ । नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ …
सुर्खेत । नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औं संस्करणको नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ । गत कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन भइरहेको छ । महोत्सवमा पाँच युरोपेली र तीन नेपाली चलचित्र दर्शक स्रोतालाई निःशुल्क हेर्ने अवसर मिलाइएको प्रतिनिधिमण्डलका प्रेस तथा सूचना अधिकारी […]
काठमाडौं । अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु भनेको सस्तोमा युरोप घुम्नुसरह भएको बताएकी छन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको भन्दै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन् । उनले फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला […]
काठमाडौं । विगतमा सिनेमा हलमा आयोजना हुँदै आएको ‘नेपाल–युरोपियन फिल्म फेस्टिभल–२०२१’ (नियुफ) यसपटक भर्चुअलमार्फत हुने भएको छ । यो महोत्सव १ असोजदेखि ९ असोजसम्म हुने आयोजक पक्षले जनाएको छ । यो महोत्सवको १०औं संस्करण आयोजना हुन लागेको हो । महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्म प्रदर्शन गरिने […]
The post भर्चुअल रूपमा हुँदै नेपाल युरोपियन फिल्म फेस्टिबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं । आगामी १७ देखि २५ सेप्टेम्बरसम्म दशौं नेपाल-युरोपियन युनियन भर्चुअल फिल्म फेस्टिभल आयोजना हुने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । फेस्टिभल अन्तर्गत ११ वटा युरोपेली र पाँचवटा नेपाली फिल्म प्रदर्शन गरिने भएको छ । २३ वटा वातावरणीय विषयवस्तुमा आधारित फिल्म पनि देखाइने भएको छ । लैंगिकता सम्बन्धी दुईवटा […]
काठमाडौं : अभिनेता दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन्। आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो।
दयाहाङ राईले फेस्टिभलसँग जोडिन पाउँदा निकै खुशी लागेको सुनाए। महामारीका कारण फिल्मका गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै हुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा थपेको उनको…
काठमाडौं : अभिनेता दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।
‘लोकप्रिय कलाकार÷अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्र महोत्सव (नियुफ्) का लाग…