आजदेखि नेपाल युरोपियन फिल्म फेस्टिभल, १३ युरोपेली र ३ नेपाली फिल्म देखाइने

काठमाडौं । अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु भनेको सस्तोमा युरोप घुम्नुसरह भएको बताएकी छन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको भन्दै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन् । उनले फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला […]

सम्बन्धित सामग्री

सुर्खेतमा ‘युरोपियन फिल्म फेस्टिभल २०२३’ हुँदै

सुर्खेत। ‘नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ आज (बुधवार)देखि सुर्खेतमा शुरू हुने भएको छ । उक्त फिल्म फेस्टिभलको यो १२औं संस्करण हो, जसको आयोजक ‘द डेलिगेसन अफ युरोपियन युनियन नेपाल’ रहेको छ । फेस्टिभल शुक्रवारसम्म चल्नेछ । फेस्टिभलमा युरोपका आठ र नेपालका आठ लघु फिल्म प्रदर्शन गरिने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेपे्रजले जानकारी दिइन् । ‘मानवअधिकार प्रवद्र्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुने उनले बताइन् । उनका अनुसार ‘एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरबाट शुरू भएको फिल्म फेस्टिभल सुर्खेत हुँदै जेठ १ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न हुनेछ । फेस्टिभलमा ‘अस्कर एण्ड लीली’ (अष्ट्रिया), ‘रमोना’ (स्पेन), ‘इयो स्टबने’ (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), ‘चाइल्डहुड’ (स्विडेन, लाटभिया, इराक), ‘इनभिजिबल’ (लिथुअनिया, लाट्भिया, युक्रेन, स्पेन), ‘डेटिङ अम्बर’ (आयरल्यान्ड, यूके) र ‘मित्र’ (नेदरल्यान्ड्स) छन् । फेस्टिभलमा नेपाली फिल्म ‘आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, ‘गोर्खा गर्ल’, ‘ब्लुज अफ पिंक’, ‘जुन्को’, ‘बागथान’, ‘लिभिङ विथ डिग्निटी’, ‘फोर नाइटस’ र ‘ड्रिफ्टिङ क्लाउड्स’ देखाइने बताइएको छ ।

असोज १ गतेदेखि नेपाल-युरोपियन फिल्म फेस्टिभल हुँदै

काठमाडौं । आगामी १७ देखि २५ सेप्टेम्बरसम्म दशौं नेपाल-युरोपियन युनियन भर्चुअल फिल्म फेस्टिभल आयोजना हुने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । फेस्टिभल अन्तर्गत ११ वटा युरोपेली र पाँचवटा नेपाली फिल्म प्रदर्शन गरिने भएको छ । २३ वटा वातावरणीय विषयवस्तुमा आधारित फिल्म पनि देखाइने भएको छ । लैंगिकता सम्बन्धी दुईवटा […]