बेलायतमा मन्त्रीसहित विभिन्न जिम्मेवारी सम्हालेका सल्लाहकारले राजीनामा दिएका छन् । सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री बोरिस जाेनसन दबाबमा पर्नुभएको छ ।
अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जाेनसनको साथ छोड्ने मन्त्री र सल्लाहकारको सङ्ख्या ४० भन्दा धेरै पुगेको बीबीसीले जनाएको छ ।
आफ्नै मन्त्रिपरिषद्का मन्त्री र सल्लाहकारले नै राजीनामा दिएपछि प्रधानमन्त्री जाेनसन दबाबमा पर्नुभएको हो । उहाँको कन्जरभेटिभ पार्ट...