२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अमृता थापा मगरले प्रतिनिधिसभा विघटनविरुद्ध डाडु पन्यू लिएर उठ्न देशभरका महिलाहरुलाई आह्वान गरेकी छन् । महिलालाई राजनीतिमा न्यूनतम ३३ प्रतिशत उपस्थिति ग्यारेन्टी गर्नुका साथै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुख मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको संविधान महिलाहरुका लागि प्राणभन्दा प्यारो भएको उनले बताइन् । प्रतिनिधिसभा विघटन […]