यो सहिद सप्ताह हो क्यारे, यसको अन्तिम दिन माघ १६ गते सहिद दिवस भनेर मनाउने चलन थियो । केही औपचारिकता त अझै बाँकी होलान् । नेपालमा क्रान्तिको लहर उत्पन्न गरेको १९९७ सालको पर्चा काण्डमा राणा शासकले फाँसीको सजाय दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठहरूले गरेको शहादतको सम्झना र सम्मानमा माघ १० देखि १६ गतेसम्म सहिद दिवस मनाइन्थ्यो ।