'भरतपुर भ्रमण वर्ष'लाई लक्षित गरी ४ करोड लागतको 'कमल पोखरी पार्क' निर्माण गर्दै वडा कार्यालय

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२  पटिहानीस्थित प्राचीन पोखरी 'कमलपोखरी'को पूर्वाधारको काम धमाधम शुरु गरिएको छ । सांँढे ४ करोड रुपैयाँ लागतमा निर्माणधीन यो पोखरी आगामी भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सम्पन्न गर्ने तयारी छ । पोखरीको काम सकिएपछि यहांँ चिल्ड्रेन पार्क, थारु कल्चरल हाउस, रेष्ट पोइन्ट, सेल्फी पोईन्ट र भ्युटावर लगायतका संरचना तयार हुने वडाअध्यक्ष विष्णुराज महत्तोले बताए ।  थारु समुदायसँग सम्बन्धित यो पोखरीमा थारु गाउँमा भोजभतेर गर्नुपरेमा गुरौले पूजापाठ गरेपछि यही पोखरीबाट सुनको डुङ्गामा विभिन्न खालका भाँडाकुँडा निस्कन्थ्यो भन्ने किंवदन्ती छ । त्यसैले बेलाबेलामा यहाँका थारुहरुले पोखरीमा पूजासमेत गर्थे । तर, त्यही पोखरीलाई अहिले व्यावसायिक पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागेको हो । सदियौँदेखि कमल फुल्दै आएको पोखरीलाई आधुनिक बनाउन कंक्रिटको संरचना निर्माण थालिएको छ ।  वडा अध्यक्ष महतोका अनुसार अहिले डीपीआरअनुसार जग बसाल्ने काम भइरहेको छ । अहिले पोखरीमा जग लगायतको पूर्वाधारको काम भएको छ ,उनले भने, ‘यसवर्ष वडाले छुट्याएको ५३ लाख २८ हजार रूपैयाँ लागतमा काम भइरहेको छ ।’ पोखरीमा कमलकै आकारमा संरचना निर्माण गर्न लागेको उनले बताए । ‘कमलपोखरी पार्क’ नाममा निर्माणाधीन पार्कमा पोखरीको बीच भागमा दुईतिरबाट पुल निर्माण गर्ने उनले बताए । आउने वर्ष भरतपुर महानगरपालिकाले भ्रमण वर्षको रुपमा काम गर्ने तयारी गरेको हुँदा त्यसअघि नै निर्माण सम्पन्न गरी भरतपुर महानगरपालिका भित्रको भ्रमण योग्य स्थान बनाउने योजना रहेको उनको भनाइ छ  । करीब तीन विगाह क्षेत्रफल रहेको कमलपोखरीको जलाशयले मात्रै करीब एक विगाह क्षेत्रफल ओगटेको छ । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव आचार्यका अनुसार पोखरीको पुरानो स्वरुपलाई नभत्किने गरी आधुनिक डिजाइन दिन खोजिएको हो । ‘हामीले पोखरीको पुरानो संरचनालाई असर नपर्ने गरी वर्तमान समयअनुसार आधुनिकतामा ढल्काउन खोजिएको मात्रै हो्,’ उनले भने, ‘यसलाई व्यावसायिकरुपमा पनि अगाडि बढाउन खोजिएको हो ।’ यो संरचनालाई अम्ब्रेला स्ट्रीट संँग जोड्ने र पर्यटक आकर्षण गर्ने उद्देश्य सहित निर्माणको काम तीब्र पारिएको उनको भनाइ छ । यहांँ रहेका कवर्ड हल, थारु सङ्ग्रहालयजस्ता खेलकुद र संस्कृतिसँग पनि कमलपोखरीलाई जोड्न सकिने उनले बताए  । स्थानीय संरक्षणकर्मी अपिल घिमिरेले कमलपोखरीको प्राकृतिक संरचनालाई नविगारी बनाउन हुने बताउंँछन । ‘यसको प्राचिन र पुरातात्विक संरचनालाई छुनै हुंँदैन , उनले भने, पोखरीको बाहिरी डिलमा अन्य संरचना बनाएपनि पोखरी भित्रको संरचना यथावत नै राख्नुपर्छ ’। व्यवसायिक रुपमा यसले फाइदा गरेपनि प्राकृतिक र जैविक विविधतालाई कंक्रिटका संरचनाले असर पर्ने उनको भनाइ छ ।  चितवन राष्ट्रिय निकुञ्जको काखैमा रहेको यो क्षेत्र नेपालको सय पर्यटकीय गन्तव्य क्षेत्र भित्र पर्दछ ।   

सम्बन्धित सामग्री

‘कामनपा १३ वडा कार्यालय रहेको जग्गा व्यक्तिको होइन’

काठमाडौं महानगरपालिका–१३ को वडा कार्यालय व्यक्तिको घर भएको दाबी गरिरहँदा वडा कार्यालयले उक्त दाबीलाई कानुनी मान्यता दिन नसकिने बताउँदै आएको छ।...

मध्यनेपालका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गरिने

लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाभित्रका सवै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ। १० वटा वडा रहेको सो नगरपालिकाले सवै वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्न लागेको हो। नगरपालिकाले चालु आर्थिक...

सेवाग्राहीमैत्री बन्दै वडा कार्यालय

तुलसीपुर, १९ फागुन । कुनै समय वडा कार्यालय जनप्रतिनिधिविहीन थिए । जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले वडा चलाउनुपर्ने अवस्था थियो तर अहिले वडावडामा निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीमैत्री निर्णय गर्न थालिएको छ । त्यसकै एउटा उदाहरण हो, तुलसीपुर–११ । सेवाग्रही वडा कार्यालयमा आइपुग्दा धेरै प्रक्रिया पुगेको हुँदैन । कसैको निवेदन मिलेको हुँदैन, कसैको कागजात पुगेको हुँदैन । यही […]

वडा कार्यालय भवन बनाउन जग्गादान

गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन्।...

वडा कार्यालय डुबानमा

काठमाडौँ,१४ असार । अविरल वर्षाका कारण डुबानमा परेको सप्तरीको राजविराज नगरपालिका–६ स्थित वडा कार्यालय । तस्बीर : अरुणकुमार यादव÷रासस

मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ। बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो। वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन। वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ। ढोका फाेडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका […]

ऐँसेलुखर्कको वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङको ऐँसेलुखर्क गाउँपालिका- ३ वडा कार्यालय र त्रिभुवन माविको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐँसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन ।वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन

वडा कार्यालय भवन उद्घाटन

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ।

काठमाडौँ महानगरपालिकाको छ वडा कार्यालय भवनको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हालसम्ममा छ वटा वडा कार्यालय भवन पुनःनिर्माण सम्पन्न गरेको छ । पुनःनिर्माण सम्पन्न हुनेमा भूकम्पले क्षति भएका र केही यसअघि जीर्ण अवस्थामा रहेका वडा कार्यालय रहेको कामपाले जानकारी गराए । हालसम्म निर्माण कार्यसम्पन्न भएका वडा भवनमा ३, ४, ९, १४, १८ र २६ रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । […]

इटहरीमा वडा कार्यालय भवन निर्माणमा तिव्रता

इटहरी / इटहरी उपमहानगरमा वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको छ । यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास गरिएको छ । वडा नम्वर ५,९ र ८ मा भवन शिल्यान्यास गरिएको हो । विहान उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर... The post इटहरीमा वडा कार्यालय भवन निर्माणमा तिव्रता appeared first on Purbeli News.