संखुवासभामा स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि पाँच दलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ ।पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति दिपक खड्काले बताए । भागबण्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताए । माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए ।