कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ।
ललितपुर । नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट व्यावसायिक रुपमा मल […]
काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासायनिक मलमा परनिर्भर हुँदा वर्षेनि अर्बौं रुपैयाँ बाहिरिने भएकाले त्यसलाई रोक्ने उद्देश्यले प्रांगारिक मल कारखाना स्थापना गर्ने तयारी गरेको बताएको छ ।
कारखाना स्थापनाका लागि अहिले विज्ञहरूको संलग्नतामा विभिन्न चरणमा अध्ययन भइरहेको कम्पनीले जानकारी दिएको छ । बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले प्रांगारिक मल कारखाना स्थापनाका लागि अध्ययन थालिएको जानकारी दिए । उनका अनुसार अबको केही वर्षभित्रै खाद्य बैंकसँग आबद्ध लाखभन्दा बढी किसानलाई प्रांगारिक मल उपलब्ध गराउन सकिने गरी कारखाना खोल्ने उद्देश्यले अध्ययन थालिएको छ । अध्ययनपश्चात् कारखाना सम्भव भएर उत्पादन शुरू गर्न सके विस्तारै त्यसलाई देशव्यापी बनाउने योजना रहेको उनले सुनाए ।
‘हामीले चीन, दक्षिण कोरिया, जापानलगायत देशमा प्रांगारिक मल उत्पादन गरिरहेका कम्पनीसँग सहकार्य गरेर नेपालमा पनि यसको सम्भावनाबारे अध्ययन गरिरहेका छौं । प्रारम्भिक अध्ययनले प्रशस्त सम्भावना देखाएको छ,’ उप्रेतीले आर्थिक अभियानसँग भने, ‘यसको उत्पादन लागत रासायनिक मलभन्दा निकै सस्तो पर्ने देखिएको छ ।’ उप्रेतीका अनुसार यसमा सहकार्य गर्न कोरियन कम्पनीहरूले चासो पनि देखाएका छन् । ‘त्यसैले उनीहरूसँगै सहकार्य गरेर काम अघि बढाउँछौं,’ उप्रेतीले थपे ।
रासायनिक मलविना कृषि उत्पादन असम्भव जस्तै छ । यस्तो बेला सरकारले कृषिका लागि छुट्ट्याउने कुल बजेटको आधाभन्दा बढी अंश रासायनिक मल खरीदमै खर्च हुने गरेकाले कृषिका अन्य क्षेत्रमा बजेट नै नजाने स्थिति आउने सक्ने जोखिम छ ।
बजेट जति सबै रासायनिक मलमा खर्च हुने र कृषिका पूर्वाधार विकासका काम पछि पर्ने खतरा बढ्दै गएकाले रासायनिक मलमाथिको परनिर्भता घटाउन प्रांगारिक मल कारखाना नै उत्तम विकल्प हुन सक्ने उप्रेतीको भनाइ छ । त्यसैले खाद्य बैंकले यसको थालनी गर्न पहल गरेको उनले बताए ।
नेपालमा प्रचलनमा रहेका प्रांगारिक मलमध्ये जिवातु मल, एजोला प्लान्टबाट बन्ने वनस्पति मल, गाईबस्तुको मल, गँड्यौला मललगायतलाई विकल्पको रूपमा अध्ययन भइरहेको बताइएको छ । आधुनिक तरीकाले उच्च प्रविधियुक्त कारखानाबाट मल उत्पादन गरी उत्पादन क्षमतासमेत बढाएर दाना वा झोलका रूपमा बजारमा ल्याउने सम्भावनाको खोजी भइरहेको छ ।
राष्ट्रिय खाद्य बैंकका वनस्पतिविज्ञ मोहनप्रसाद पन्थीका अनुसार रासायनिक मलको बढ्दो प्रयोगका कारण माटो बिग्रिएको छ । रासायनिक मल थोरै मात्रामा नभए माटो खुकुलो नै हुँदैन । त्यसैले पहिलो वर्ष ५० प्रतिशत रासायनिक र ५० प्रतिशत प्रांगारिक, दोस्रो वर्षमा ६० प्रतिशत प्रांगारिक र ४० प्रतिशत रासायनिक, तेस्रो वर्षमा ७० प्रतिशत प्रांगारिक र ३० प्रतिशत रासायनिक प्रयोग गर्दै चौथो वा पाँचौं वर्षमा शतप्रतिशत प्रांगारिक मलको प्रयोगमा जान सकिन्छ । एकैपटक प्रांगारिक मल मात्रै प्रयोग गर्दा उत्पादन बढ्नेभन्दा पनि घट्ने जोखिम हुन्छ । त्यसैले प्रयोगमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् ।
नेपालमा अहिले विभिन्न संघसंस्था र कम्पनीले सानो परिमाणमा प्रांगारिक मल उत्पादन गर्ने गरेका छन् । ती मल चामल, धानभन्दा पनि महँगा छन् । तिनको प्रयोगले उत्पादन पनि राम्रो दिन सकेको छैन । त्यसैले त्यसको क्षमता विस्तार जरुरी देखिन्छ । खाद्य बैंकले उत्पादन गर्न खोजेको प्रांगारिक मल फलपूmल, तरकारी र अन्नबालीलगायत फरकफरक बालीका लागि त्यही अनुसारको पोषण क्षमतायुक्त हुनेछ ।
मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ ।फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन्
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मन नपाएर जनता आजित भएको बेलामा सरकार मौन धारण गरेर बसेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै सरकारका मन्त्रीहरु जिम्मेवार नबनेको कारणले किसानले मल नपाएको बताएका हुन्। उनले भने, ‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ। १०/१२ लाख मेट्रिक टन धान अपुग हुन्छ। जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर बजेटमा कार्यक्रम ल्याइन्छ, त्यही वर्ष एक दाना पनि मल किसानले
११ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ । तर, बजारमा मल पाइएको छैन । रासायनिक मल नपाएको यो नै उनको पहिलोपटक होइन । एक दाना पनि मल दिन सकिने अवस्था […]
२३ फागुन, काठमाडौं । सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ । रासायनिक मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने गरी नानो युरिया झोल मल प्रयोगका लागि अनुमति दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बताए । ‘दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने यस्तो मल […]
काठमाडौं । सरकारले दूध, बटर (घ्यू), अण्डा र मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ । सरकारले आज विशेष कार्यक्रम गरी यी वस्तुहरुमा आत्मनिर्भर भएको जनाएको हो ।
पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । हरेक दिन नयाँ उपलब्धी हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।
यद्यपी सरकारले पशुजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गरेपनि तथ्यांकले भने नेपालमा अझै पनि सोही प्रकृतिका वस्तु आयात भइरहेको देखाएको छ ।
भन्सार तथ्यांकअनुसार १ अर्ब ३३ करोड १८ लाखको दूध र अण्डा आयात भएको छ । एक करोड ८५ लाखको मासु आयात भएको छ । यी वस्तुहरुको निर्यात भने नगन्य अवस्थामा छ।
साथै कुखुरा तथा गाईभैँसीलाई आवश्यक पर्ने दाना (आहार) समेत नेपालमा उत्पादनभन्दा आयात नै धेरै हुने गरेको छ ।
मल कारखाना खोल्ने प्रतिवद्धता
प्रधानमन्त्री ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने भन्दै विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ। हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरीदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्नेकुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो। कृषि मन्त्रालयले मल उत्पादन तर्फपनि किसानहरुलाई तालिम दिन जरुरी छ ।’
ताप्लेजुङ : मकै दोहोर्याउने (दोस्रो पटक गोड्ने) बेला रसायनिक मल नपाएपछि कृषक समस्यामा परेका छन्। मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन घट्नेमा किसानको चिन्ता छ।
‘मल नलगाई मकैमा घोगा र दाना लाग्दैन,’ आइतबार मल खरिदका लागि सदरमुकाम आएका फुङलिङ नगरपालिका–४ का देउकुमार लिम्बुले भने, ‘...