अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् । सोमबार बिहान रुकुम सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले कृषि मन्त्रालयको बजेटलाई विशेष प्राथमिकतामा राखिने बताएका हुन् ।उनले अर्थमन्त्रालय बजेट निर्माणमा केन्द्रीत भएको भन्दै कृषि क्षेत्रलाई माथि उठाउन यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । ‘आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडि बढाएका छौं&