पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन्। शुक्रबार पोखरा सभागृहमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्।