निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको परामर्शमा सरकारले असोज २ गते गर्ने तेस्रो चरणमा निर्वाचनमा ८ जिल्ला अन्तर्गत १ सय २७ स्थानीय तहमा निर्वाचन हुँदैछ। त्यसका लागि आयोगले भदौ २१ गते मनोनयन दर्ताको कार्यक्रम राखेको छ। यसरी दर्ता भएका मनोनयनपत्र उपर दाबी विरोध उजुरी, छानबिन गरेर…