मोतीपुर र सन्धिखर्क सबस्टेशन निर्माणको अन्तिम चरणमा

काठमाडौं । कपिलवस्तु र अर्घाखाँचीमा प्रवाह हुने बिजुलीको गुणस्तर बढाउन तथा सहज आपूर्तिको व्यवस्थाका लागि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निर्माणको क्रममा रहेका सबस्टेशन अन्तिम चरणमा रहेको छ । प्राधिकरणका अनुसार बाणगंगा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२÷३३÷११ केभी सबस्टेशसनको निर्माण अन्तिम चरणमा पुगेको हो । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेशन क्रमशः आगामी १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरूसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेशनमा निर्माणको अन्तिम चरणका काम भइरहेको हो । सबस्टेशनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर रहनेछन् । सबस्टेशनका सम्पूर्ण उपकरणको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ । पूर्व–पश्चिम १३२ केभी लाइनलाई आठओटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ । आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ ओटा टावरको जग हालिएको छ । ८७ ओटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाँगिएको छ । यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । विद्युत्को प्राविधिक चुहावट पनि कम हुनेछ । अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्पmत अर्घाखाँची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेशन र प्रसारणलाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सक्नुपर्ने बताए । ‘अर्घाखाँची, पाल्पा, गुल्मी जिल्लाबाट झ्याप्पझ्याप्प बत्ती गएको भन्दै मलाई सीधै फोन गरी धेरै गुनासा आएका छन् । उपभोक्ताबाट गाली खाएका छौं, त्यसैले सबस्टेशन र प्रसारणलाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् दिनुपर्छ,’ उनले भने । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानमा रहेको उल्लेख गर्दै सबस्टेशन र प्रसारण लाइनको निर्माणपछि यस क्षेत्रका उद्योगलाई चाहिएजति विद्युत् दिन सकिने बताए । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजीक्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिवाङमा सबस्टेशन निर्माणाधीन छन् । रासस

सम्बन्धित सामग्री

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गाको नापजाँच पूरा

भुवन कार्कीलामो विवादपछि रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँचको काम पूरा भएको छ । बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट सुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिए ।ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको र सोही रिपोर्टको आधारमा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याएपछि संघीय सरकारलाई सिफारिस गर्ने उनले बताए । जग्गा नापजाँच सुरु

मोतीपुर औद्योगिक क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच सुरु

बुटवल : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा नापजाँच गर्ने काम सुरु भएको छ। मंगलवार बुटवल उपमहानगरपालिका १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो। नापजाँच कार्यक्रमको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे। जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने…

मोतीपुर औद्योगिक करिडोरमा जग्गाको नापजाँच शुरु गरिंँदै

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ ।  जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि मंगलबारदेखि ड्रोनबाट नापजाँच गर्ने निर्णय गरेको हो । बैठकले मंगलबार बिहानदेखि ड्रोनमार्फत जग्गाको नापजाँचको काम शुरु गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव बुटव

मोतीपुर सबस्टेसन सञ्चालनले विद्युत आपूर्तिमा सुधार हुने

नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै विद्युत आपूर्तिमा सुधार हुने भएको छ ।सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । […]

मोतीपुर सबस्टेसन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा ल्याएको छ । पूर्व–पश्चिम एक सय ३२ केभी प्रसारणलाइनलाई अमठवटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको...

मोतीपुर सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार हुने

नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा निर्माण गरेको १३२÷३३÷११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरुलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । मोतीपुर सबस्टेसनबाट कपिलवस्...

मोतीपुर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने सरकारकाे निर्णय

काठमाडौं : सरकारले रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा परी असोज २४ गते चार जनाको मृत्यु भएको थियो। प्रहरीको गोली गम्भीर घाइते अस्पतालमा लैजाँदै गर्दा उनीहरूको बाटोमै मृत्यु भएको हो। युनिभर्सलमा

४ जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

चार जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि मुसलमान पक्राउ परेका छन् । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा डेरामा बस्दै आएका थिए ।उनलाई कार्तिक १ गते डेराबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मुसलमानको कोठाबाट ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्ब

मोतीपुर घटना: मृतकका परिवारलाई जनही एक लाख दिइने

लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

एमालेद्वारा मोतीपुर घटनाबारे सरकारसँग जवाफ माग

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।