मोतीपुर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने सरकारकाे निर्णय

काठमाडौं : सरकारले रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा परी असोज २४ गते चार जनाको मृत्यु भएको थियो। प्रहरीको गोली गम्भीर घाइते अस्पतालमा लैजाँदै गर्दा उनीहरूको बाटोमै मृत्यु भएको हो। युनिभर्सलमा