असारको अन्तिम समयमा बजेट सक्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले क्षेत्राधिकार मिचेर नदीमा तटबन्ध निर्माण गरेको छ । नदीको प्राकृतिक बहावलाई नै संकुचन हुने गरी समितिको कार्यक्रम कार्यान्वयन इकाइ सलकपुर मोरङले सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो खोलामा तटबन्ध बनाएको हो ।