बर्खा लाग्यो, तटबन्ध बनाइदिनु पर्‍यो

नेपालगञ्ज – स्थानीय केहीको विरोधपछि सोनवर्षाको एक ठाउँमा तटबन्ध बनेको छैन। त्यही ठाउँबाट डुवानको जोखिम बढेको छ। स्थानीय मोल्हे धोवी तत्काल त्यहाँ तटबन्ध बनाइदिन गुहार माग्दै नेपालगञ्जस्थित जनताको तटबन्ध कार्यालयमा पुगेका छन्। ‘केहीले विरोध गरेका थिए। उनीहरुलाई सम्झाइसकिएको छ। छिटो भन्दा छिटो तटबन्ध बनाइदिनु पर्‍यो’, धोवीले भने, ‘त्यहाँ तटबन्ध बनेन भने ६ गाउँमा डुवानमा पर्छ।’ […]

सम्बन्धित सामग्री

बेनीको बगरफाँटलाई जोगाउन तटबन्ध

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका-२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा शुरु भएपछि बल्ल  शुरु भएको छ ।

बेनीको बगरफाँटलाई जोगाउन तटबन्ध

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका-२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा शुरु भएपछि बल्ल  शुरु भएको छ ।

बगरफाँट बस्ती जोगाउन म्याग्दी नदीमा तटबन्ध

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका-२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा सुरु भएपछि बल्ल सुरु भएको छ ।

भारतीय संरचनाले सीमा क्षेत्रमा सधैं डुबान-कटान

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बनाएका बाँध, तटबन्ध जस्ता भौतिक संरचनाका कारण बर्खा सुरु हुनासाथ सीमावर्ती नेपालीले डुबान–कटानको समस्या भोग्दै आए पनि समाधानका लागि सरकारले पहल गरेको छैन । सीमाका संरचनाका कारण निम्तिने जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रका बैठकसमेत नियमित रूपमा हुन सकेको छैन ।

मनाङ बाढीः बर्खा लाग्दै, त्रास बढ्दै

बाढी आएको वर्षदिन पुग्दै छ फेरि बाढी आउने त्रास बढेकाले सर्वसाधारण रातदिन बिताइ रहेका छन्। सरकारले दिनुपर्ने राहत अझै प्राप्त भइसकेको छैन्। तटबन्ध बाँध्ने काम ढिलासुस्ती छ। ढिलासुस्तीले फेरी वर्षायाम लाग्न शुरु हुदाँ मनाङ, नासों गाउँपालिकास्थित तालबासीको त्रास बढ्दै गएको छ।

मनाङ बाढीः बर्खा लाग्दै, त्रास बढ्दै

बाढी आएको वर्षदिन पुग्दै छ फेरि बाढी आउने त्रास बढेकाले सर्वसाधारण रातदिन बिताइ रहेका छन्। सरकारले दिनुपर्ने राहत अझै प्राप्त भइसकेको छैन्। तटबन्ध बाँध्ने काम ढिलासुस्ती छ। ढिलासुस्तीले फेरी वर्षायाम लाग्न शुरु हुदाँ मनाङ, नासों गाउँपालिकास्थित तालबासीको ...

जनतासँग गरेको बाचा पूरा गरेको छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्ध कार्यक्रम कार्यान्वयनमा आएको बताएका छन् । नारायणी नदी  नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । बर्खा लागेपछि पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौं बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासँग गरेको व

रातुको कहरले वर्षेनी सास्ती

महोत्तरीमा रातु नदीको लम्बाई ७० किलोमिटर भन्दा बढी छ। बर्खा लागेसँगै नदीमा पानीको वहाव बढ्छ र तटबन्ध फुटाउँदै नदीले सडक, खेत र बस्तीमा समेत ठूलो क्षति पुर्याउँछ। यसकै एउटा उदाहरण...

कटान सधैं तर तटबन्ध अधुरै

नारायणी नदीमा भेल उर्लंदा पश्चिम चितवनको मेघौली र दिव्यनगर क्षेत्रमा सधैं त्रास बढ्छ । चार वर्षयता हरेक बर्खा नदीको भेल किनार नाघेर खेत र बस्ती पस्ने गरेको छ । घर खेत डुबानमा परेपछि सरकारी अधिकारी र नेताहरू अवलोकन गर्न भन्दै सधैं पुग्छन् ।

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास

कैलाली । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले वर्षेनि सयौं बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरू भएपछि यस क्षेत्रका बासिन्दा नदी कटान तथा डुबानको चिन्तामा हुन्छन् । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि जमीन कटान तीव्र हुँदा बस्ती नै जोखिममा पर्ने गर्दछ । कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ । नदीले वर्षेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ । नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ । ‘सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ । यतिखेर नदीले कटान झन तीव्र पारेको छ,’ वन समितिका अध्यक्ष धनसिंह साउदले भने, ‘जंगल तहसनहस भइसकेको छ । कर्णाली नदीमा तटबन्ध शुरू भएको ६ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन ।’ अध्यक्ष साउद वर्षेनि तटबन्धका नाममा हुने उत्खननको काम सम्पन्न नगर्दा नदीले धार परिवर्तन गर्दै वन तहसनहस गर्न थालेको बताउँछन् । ‘तटबन्ध निर्माण कार्यमा दैनिक पाँच÷छ जनामात्र कामदार काममा खटेका छन्,’ उनले भने, ‘काम धमाधम गरे पो सकिन्थ्यो । तटबन्ध निर्माण कार्यले झन् कटान बढाएको छ । जंगलको एउटा प्लट पूरै कटान भइसकेको छ ।’ तटबन्ध निर्माणका नाममा भइरहेको ढुंगा उत्खननले नदी कटान तीव्र पार्दा झन् जोखिम बढेको आरोप उनले लगाए । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ । टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलंका, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताउँछन् । ‘श्रीलंका बस्ती वर्षेनि दर्जनौं बिघा कटान हुँदै आएको छ । यस वर्ष त अझ हिउँदमा पनि कटान भएको छ । त्यहाँ नदीमा पानीको बहाव घट्दा बढी कटान भएको छ,’ वडाध्यक्ष ठकुल्लाले भने, ‘यस वर्ष बर्दियातर्फ तटबन्धको काम शुरू भएको थियो । बर्खा लागेपछि त्यो काम पनि शुरू हुन सकेको छैन । यस वर्ष वर्षात्मा थप जोखिम बढ्ने देखिएको छ ।’      कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ । निर्माण भइरहेका तटबन्ध ठेकेदार कम्पनीले समयमै सम्पन्न नगर्दा थप जोखिम बढेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ । सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो । रासस