अस्थायी तटबन्ध हटाउनमा भारतको आनाकानी

दार्चुला – भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउनमा ढिलाइ गरिरहेको छ । मंसिर २१ मा भएको सहमति भारतले कार्यान्वयन गर्न आनाकारी गरिरहेको हो । मंसिर २१ गते नेपाल र भारतीय प्रशासनकाबीच भारतको धारचुलामा अस्थायी अर्थात कृत्रिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो । तर १० दिन बित्न लाग्दासमेत भारतले ढुंगामुढा र तारजालीसहितको तटबन्ध हटाएको छैन् । यदि तटबन्ध भारतले नहटाए बर्खामा नदीको धार पूरै नेपालतर्फ फर्किइ क्षति गर्ने जोखिम छ । जिल्ला सदरमुकाम खलंगा पार...