जेठमा वैशाखको भन्दा दोब्बर लाभकर

काठमाडौं । गएको जेठमा सरकारले धितोपत्र बजारका लगानीकर्ताबाट २५ करोड ९५ लाखभन्दा बढी कर संकलन गरेको छ । सरकारले धितोपत्र दोस्रो बजारमा कारोबार गरी नाफा कमाएका लगानीकर्ताबाट उक्त रकम बराबरको पूँजीगत लाभकर संकलन गरेको हो ।  धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले नाफा कमाएको खण्डमा १० प्रतिशतसम्म कर संकलन गर्ने गर्छ । संस्थागत लगानीकर्ताको नाफामा १० प्रतिशत पूँजीगत लाभकर संकलन गर्ने सरकारले व्यक्तिगत लगानीकर्ताको अल्पकालीन नाफामा ७ दशमलव ५ र दीर्घकालीन नाफामा ५ प्रतिशत पूँजीगत लाभकर लिन्छ । धितोपत्र किनेको १ वर्षभन्दा कम अवधिमा विक्री गरे अल्पकालीन र एक वर्षभन्दा बढी अवधि राखेर बेचे दीर्घकालीन हुन्छ ।  सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारीअनुसार जेठमा अल्पकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन भएको छ । उनले कुल पूँजीगत लाभकरमा १२ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम अल्पकालीन लगानीकर्ताबाट संकलन भएको जानकारी दिए । दीर्घकालीन लगानीकर्ताबाट ९ करोड २ लाखभन्दा बढी र संस्थागत लगानीकर्ताबाट ४ करोड ७ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका प्रवक्ता न्यौपानेका अनुसार जेठमा वैशाखको तुलनामा झन्डै दोब्बर पूँजीगत लाभकर संकलन भएको छ । वैशाखमा सरकारले १३ करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । वैशाखको तुलनामा जेठमा अल्पकालीन लगानीकर्ताबाट ६ करोड ७२ लाखभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट ३ करोड ३ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । संस्थागत लगानीकर्ताबाट वैशाखको तुलनामा जेठमा २ करोड ६४ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भएको छ । वैशाखको तुलनामा जेठमा १२ करोड ४० लाख बढी लाभकर संकलन भएको हो । पूँजीगत लाभकर संकलनको अवस्था हेर्दा छोटो समयमै कारोबारमा सहभागी भएका लगानीकर्ताले बढी लाभ लिएको देखिन्छ । पछिल्लो समय बजारको अवस्थालाई हेरेर छोटो समयमै लगानीकर्ताले नाफा बुक गरिहाल्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन् । यसले बजारको दीर्घकालीन विकासमा भने असर गर्ने बुझाइ उनीहरूको छ ।  वैशाखको तुलनामा जेठमा धितोपत्र दोस्रो बजार १२ दशमलव १० प्रतिशतले बढेको छ । वैशाख मसान्तमा १ हजार ८२१ दशमलव ६४ विन्दुमा रहेको नेप्से परिसूचक जेठ मसान्तसम्म २ हजार ४२ दशमलव शून्य ७ विन्दुमा पुगेको थियो ।  कुल बजार पूँजीकरण वैशाखको तुलनामा जेठमा ३ खर्ब २८ अर्ब ४३ करोड ८७ लाख रुपैयाँले बढेको छ । वैशाख मसान्तसम्म २६ खर्ब ५७ अर्ब ७५ करोड ७१ लाख रहेको कुल बजार पूँजीकरण जेठ मसान्तसम्म २९ खर्ब ८६ अर्ब १९ करोड ५९ लाख रुपैयाँ कायम भएको थियो ।  बजार बढ्दा आम लगानीकर्तासँगै सरकारको आम्दानीसमेत बढ्ने गरेकाले यो क्षेत्रको विकास र विस्तारमा विशेष ध्यान जानुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् । धितोपत्र बजारका लगानीकर्ताहरूले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ । पूँजीगत लाभकर तिर्दै आएका धितोपत्र बजारका लगानीकर्तालाई आगामी आर्थिक वर्षदेखि आयकरको दायरामा ल्याउने विषयले चर्चा पाएको थियो । आम लगानीकर्ताको दबाबपछि आर्थिक विधेयकमा घुमाउरो पारामा राखिएको उक्त व्यवस्था खारेज गर्न अर्थ मन्त्रालय सहमत भएको छ । अर्थले लगानीकर्तासँगको सहमतिमा धितोपत्र बजारका लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

स्याङ्जामा प्याजको मूल्य दोब्बर

स्याङ्जा– स्याङ्जामा प्याजको मूल्य दोब्बर भएको छ । गत हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि ११० रुपैयाँसम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वाभाविक रुपमा मूल्य वृद्धि गरेपछि प्याजको मूल्य झण्डै दोब्बर भएको हो । ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासि वृद्धि भएपछि स्थानीय […]

गत वर्षको औसत मूल्य वृद्धि दोब्बर

गत आर्थिक वर्षमा वार्षिक औसत मूल्य वृद्धि गतवर्ष भन्दा दोब्बर पुगेको छ।

नेपाल विश्वमै दोब्बर बाघको हकदार

काठमाडौं । नेपाल विश्वमै बाघ दोब्बर मुलुक बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय समुदायमाझ गरेको बाघ दोब्बर बनाउने लक्ष्य नेपालले पूरा गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ देशमाझ गरेको बाघ संख्या दोब्बर पार्ने नेपालको लक्ष्य पछिल्लो गणनाबाट पूरा भएको विभागको महानिर्देशक डा. […]

समृद्धि फाइनान्सको पैसा दोब्बर हुने योजना

समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्दती निक्षेपको योजनाअन्तर्गत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथसाथै फाइनान्सले नौ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा...

ललितपुर महानगरमा चिरिबाबुको दोब्बर अग्रता

ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेट अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन्। सोहि अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ सय २ मत...

सनराइज बैंकको 'सनराइज दोब्बर मुद्दती' योजना सञ्चालनमा

बैंकले ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने 'सनराइज दोब्बर मुद्दती' नामको नयाँ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको हो ।

सनराइज बैंकको मुद्दती योजना, ७७ महिनामा दोब्बर

सनराइज बैंकले दोब्बर मुद्दती योजना ल्याएको छ । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा न्यूनतम १ लाख रुपैयाँ जम्मा गरी मुद्दती खाता खोल्न सकिने छ । यो योजनाअन्तर्गत जम्मा भएको रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल ग्राहकले पाउने बैंकले जनाएको छ । बैंकका अनुसार मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० […]

पाटेबाघको सङ्ख्या किन दोब्बर बढाउन खोजिँदैछ ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज (आइतबार) देखि पाटेबाघ (रोयल बंगाल टाइगर) गणना थालेको छ । यो पटक गणना गर्दा नेपालमा बाघको सङ्ख्या २५० पुग्ने अपेक्षा सरकारले राखेको छ, जुन सन् २००९ मा फेला पारिएकाभन्दा दोब्बर हुन आउँछ । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्न सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता नै गरेको छ । सरकारले नेपालमा पाटेबाघको सङ्ख्या किन दोब्बर बनाउँदैछ त ? यसको प्रमुख कारण हो – बिरालो प्रजातिको सबैभन्दा ठूलो यो सुन्दर प्राणीलाई लोप हुनबाट बचाउनु । अन्तर्राष्ट्र

गण्डकीमा सङ्क्रमितभन्दा दोब्बर निको

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको दोब्बर सङ्ख्यामा निको भएका छन् । यस अवधिमा ३२८ सङ्क्रमित थपिएका छन् भने त्यसको दोब्बर ६५६ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।          पछिल्लो २४ घण्टामा प्रदेशमा सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा कास्कीका छ, तनहुँ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई...

अक्सिजनको माग उत्पादनभन्दा दोब्बर

काठमाडौँ / नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ ।  कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक