श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा

चैत २९, कोलम्बो (श्रीलंका) । आर्थिक संकटमा चुर्लुम्म डुबेको श्रीलंकाले बाह्य कर्जा भुक्तानी रोक्का गरेको छ । अत्यावश्यक वस्तु आयातका लागि आवश्यक डलर रित्तिदै गइरहेको अवस्थामा त्यहाँको सरकारले मंगलवार ५१ अर्ब डलर बराबरको सबै बाह्य ऋण तिर्न नसकिने भएको घोषणा गरेको हो । यो नै श्रीलंका सामु अन्तिम उपाय बचेको समेत सरकारले बताएको छ । श्रीलंका अहिले स्वतन्त्र भएयताकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यहाँका अहिले चरम ऊर्जा संकट भने खाद्यान्न र इन्धनको अभाव पनि अकल्पनीय  छ । विदेशी सरकारसमेतका कर्जादाताहरुले मंगलवार दिउँसोदेखि बक्यौता बसेको कर्जामा ब्याज लगाउन सक्ने या श्रीलंकाली रुपीमा कर्जा फिर्ता लैजान सक्ने विदेश मन्त्रालयले एक विज्ञप्तिमा बताएको छ । पछिल्लो समय श्रीलंकको आर्थिक अवस्था दिन प्रतिदिन खस्किँदै गइरहेको छ । देशको वित्तीय अवस्था खस्किन नदिन सरकारले अन्तिम उपायका रुपमा यो आकस्मिक उपाय अपनाएको पनि विज्ञप्तिमा भनिएको छ । श्रीलंकाले यही महीनाको अन्त्यमा बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) वित्तीय उद्धार कार्यक्रमका लागि वार्ता गर्दैछ । उक्त वार्ता अघि सबै कर्जादाताहरुलाई समान र निष्पक्ष व्यवहार गर्नका लागि कर्जा नतिरिने घोषणा गरिएको हो । एजेन्सी

सम्बन्धित सामग्री

श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा

श्रीलंकाको अर्थ मन्त्रालयले अन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।