विदेश अध्ययनको लहर

कुनै पनि देशका नागरिक नयाँ शीप सिक्न उच्च शिक्षाका लागि विदेश जानु स्वाभाविक हो । नेपाल पनि यसको अपवाद होइन तर चिन्ताको विषयचाहिँ के हो भने नेपालका शैक्षिक संस्था नै रित्तिने गरी युवा विदेशिन थालेका छन् । नेपालमा पढाइ हुने विषयका लागि पनि विद्यार्थीहरू बाहिर जाँदा एक त नेपालको शिक्षाप्रणालीमाथि प्रश्न उठेको छ, अर्को विदेशी विनिमय सञ्चितिमा पनि असर परेको छ । क्यानडा र अस्ट्रेलिया जाने विद्यार्थीले ती देशको मुद्रा सटहीमा पाउन सकिरहेका छैनन् । यो समस्याको समाधान खोजिनुपर्छ ।  नेपालको शिक्षा महँगो हुनुका साथै स्तरीय नभएको र पढ्दै कमाउँदै शुल्क तिर्न नसक्ने अवस्था भएकाले विद्यार्थीहरू विदेश जान लालायित भएका देखिन्छन् । अर्को त ती देशमा स्थायी बसोवासको अवसर पाउनु पनि प्रमुख आकर्षण हो । नेपालमा स्नातक वा स्नातकोत्तर अध्ययन गर्दा सामान्यतया १५/२० लाख लाग्ने गरेको छ । त्यति पैसामा केही थपथाप गरेर ऋण लिई विदेश अध्ययन गर्न जाँदा अभिभावकले केही वर्षमै छोराछोरीले ऋण तिरिसक्ने आश गर्छन् । धेरै जनाको यस्तै भएको पनि छ । त्यसो हुँदा विदेशको अध्ययन आय आर्जनको माध्यम पनि बनेको छ । अर्को, यहाँ जस्तो विद्यार्थीले नियमित कलेज जानुपर्ने तर अध्ययनविधि चाहिँ पुरानै ढर्राको खासगरी कक्षाको प्रवचनमा मात्र सीमित हुने गरेको छ । नेपालको पाठ्यक्रम पुरानै छ भने स्नातक तह पार गर्न ४ वर्ष लाग्छ । कुनै विद्यार्थीले ४ वर्षको पाठ्यक्रम ३ वर्षमा पूरा गर्छु भन्दा त्यो सुविधा छैन । परीक्षा प्रणाली पनि त्यस्तै खालको छ । त्यसो हुँदा युवा आफ्नो क्षमता विदेशमा किन नदेखाउने भन्दै अध्ययनका लागि बाहिरिने क्रम बढेको छ । यस्तो प्रवृत्तिका कारण मुलुकको विदेशी विनिमय सञ्चितिमा असर परेको छ । सेवा व्यापार पनि घाटामा रहेको मुलुकमा अध्ययनका लागि विदेश जाने विद्यार्थीका कारण यस शीर्षकमा विदेशिने रकम बढिरहेको छ । यो चिन्ताको विषय हो । अझ वैदेशिक रोजगारीमा जानेले त विप्रेषण पठाउँछन्, ती फर्केर नेपाल पनि आउँछन् तर विद्यार्थीहरू भने कमै मात्रै फर्कने गरेका छन् । देशले लगानी गरेको शिक्षित जनशक्ति यसरी बाहिरिएपछि मुलुकको लगानी खेर गइरहेको छ । त्यसैले विदेश जाने प्रवृत्ति कम गर्न स्वदेशमै उच्च शिक्षा स्तरीय बन्नु आवश्यक छ । तर, विश्वविद्यालयहरू दलीय भागबन्डाको शिकार बनेकाले सुधारको सम्भावना निकै कम छ ।  विदेश जाने प्रवृत्ति कम गर्न स्वदेशमै उच्च शिक्षा स्तरीय बन्नु आवश्यक छ । तर, विश्वविद्यालयहरू दलीय भागबन्डाको शिकार बनेकाले सुधारको सम्भावना निकै कम छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले सम्बद्ध देशकै मुद्रा खोज्दा पाउन कठिन हुनु स्वाभाविकै हो । अमेरिकी डलरमा विदेशी मुद्रा उपलब्ध गराउँदा सटहीमा बढी खर्च लाग्छ । त्यसैले देशको विदेशी मुद्राको भण्डारमा ती देशका मुद्रा पनि हुनु उपयुक्त हुन्छ । तर, सँगसँगै के पनि बिर्सनु हुँदैन भने अध्ययनको नाममा नेपालको पैसा विदेशिइरहेको छ । अस्ट्रेलियाको घरजग्गा कारोबारमा नेपालीहरूको स्थान माथि रहेको त्यहाँको तथ्यांकले देखाएको छ । यसको अर्थ नेपालबाट पैसा पलायन भइरहेको छ भन्ने देखिन्छ । त्यस्तै अमेरिका, क्यानडामा पनि यसरी नै पैसा गइरहेको देखिन्छ जुन अध्ययनका लागि नभएर त्यहाँको घरजग्गा आदिमा लगानी भएको छ । खासगरी उताका नेपालीले नेपालमा पैसा नपठाउने र नेपालमा रहेका आफन्तलाई नेपालमै पैसा दिई हिसाबमिलान गरेर पैसा पलायन भइरहेको छ । यसलाई रोक्न आवश्यक छ । अध्ययनमा जान विद्यार्थीलाई रोक्न सकिँदैन र रोक्न पनि मिल्दैन । आफूले चाहेको विषय उनीहरूले अध्ययन गर्न पाउनुपर्छ । तर, ती विद्यार्थीलाई नेपालमा आएर काम गर्ने वातावरण बनाउनु चाहिँ सरकारको काम हो । विधिको शासन स्थापना नभइन्जेल युवा प्रतिभालाई स्वदेशमा रोक्न सकिँदैन । त्यसैले मुलुकमा विधिको शासन बलियो बनाउनेतिर लाग्नुपर्छ । त्यसो भयो भने विदेशिएका नेपाली पनि नेपाल फर्कन्छन् । जसरी भारत र चीनको विकासमा यसरी फर्केका नागरिकको भूमिका छ नेपालमा पनि त्यस्तो अवस्था आउन सक्छ ।

सम्बन्धित सामग्री

कोही किन फर्किंदैन विदेश गएर ?

मान्छे किन विदेश जान्छ भनेर एआइलाई प्रश्न राख्यो भने त्यहाँ विभिन्न १२ वटा कारणहरु देखाउँछ । जसको सुरुवाती बुँदामा घुम्न र नयाँ-नयाँ ठाउँमा रमाउन भन्ने उल्लेख छ । अनि त्यही एआईलाई मान्छे किन नेपालबाट विदेश जान्छ भन्ने प्रश्न राख्यो भने पहिलो बुँदामै लेखेको छ जागिरको अवसर खोज्नका लागि । यो एआईले संश्लेषण गरेको उत्तर मात्रै […]

विदेश जाने महिलालाई सुरक्षित बनाऊ

मुलुकमा रोजगारी नपाएर विदेश जाने युवाको संख्या प्रत्येक वर्ष बढ्दै गएकोमा महिला पनि थपिएका छन् । पछिल्लो पाँच वर्षको तथ्यांक मात्र हेर्ने हो भने कामका लागि विदेश जाने महिलाको संख्या दोब्बरभन्दा धेरै भएको छ । पाँच वर्षअघि विदेश जाने महिलाको संख्या विदेश जाने कुल संख्याको ५ प्रतिशत रहेकोमा अहिले ९.२ प्रतिशत पुगेको छ । तथ्यांकमा […]

चार मन्त्री र तीन सचिव विदेश सयरमा

काठमाडौं, असोज १३ । संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन्। विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं […]

चार मन्त्री र तीन सचिव विदेश सयरमा

काठमाडौं । संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन् । विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं विदेश […]

विदेश ‘सयर’ मा मन्त्री–सचिवको लर्को

राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्च पदस्थको विदेश भ्रमणमा लर्को लाग्न थालेको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले आफ्नै निर्णयविपरीत दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ ।गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ११ वटा भ्रमण दलको विदेश घुमफिरलाई स्वीकृति दिएको थियो । त्यसअघि भदौमा मात्रै पाँच विदेश भ्रमण स्वीकृत भइसकेको छ । २० भदौसम

भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा

विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् । नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव  नियुक्त गरिएको हो ।अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् । क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए।

राजदूत क्वात्रा भारतीय विदेश सचिव नियुक्त

काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिव नियुक्त गरेको छ।भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो। वर्तमान विदेश सचिव हर्षवर्द्धन श्रृंगला आगामी अप्रिल ३० मा सेवा निवृत्त भएपछि क्वात्राले जिम्मेवारी सम्हाल्ने छन्।सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा झण्डै तीन वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका थिए। उनी विदेश सचिव भएपछि भारतले नेपालका लागि नयाँ राजदूत पठाउनेछ।

भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने

नयाँ दिल्ली– भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काको भ्रमण गर्ने भएका छन् । यही अक्टोबर २ देखि ५ सम्म उहाँले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ । भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण गर्न लागेको भएको जनाइएको छ ।“छिमेकी प्रथम” भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको […]