लगातार दोस्रो दिन बजारमा उच्च गिरावट

लगातार दोस्रो दिन नेपाली सेयर बजारमा उच्च गिरावट आएको छ । मंगलबार ५६.०३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार पनि ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ ।नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोक्दै त्यसलाई कार्यान्वयन गर्न एक वर्षको समयसीमा दिएसँगै बजारमा प्रभाव देखिएको हो । यसैगरी जलविद्युत् कम्पनीको हकप्रद सेयरमा कडाइ […]

सम्बन्धित सामग्री

साढे ५ महिनापछि १९०० विन्दुमुनि झर्‍यो नेप्से, हाइड्रोपावरमा उच्च गिरावट

२३ असोज, कठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमालाई बढाएर व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० […]

१.५४ प्रतिशतले घट्यो नेप्से, वित्त कम्पनी र हाइड्रोपावरमा उच्च गिरावट

७ भदौ, काठमाडौं । पछिल्ला २ कारोबार दिन लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन पुनः गिरावट भएको छ । लगातार घटेर २ महिनापछि गत सोमबार २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार बढेको थियो । तर, बिहीबार पुनः घटेको हो । बिहीबार बजार परिसूचक नेप्से ३१.५२ अंकको उच्च गिरावट हुँदा २०१३.९३ […]

५७ अंकले घट्यो नेप्से, सेयर कारोबार २ अर्बमाथि

काठमाडौँ । पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने उच्च गिरावट भएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ। २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो […]

ब्याजदर बढाउने बैंकर्स संघको निर्णयसँगै नेप्सेमा ५७ अंकको गिरावट

३० भदौ, काठमाडौं । पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने उच्च गिरावट भएको छ । नेपाल बैंकर्स संघले बिहीबार ब्याजदरको ‘भद्र सहमति’ खारेज गरेर असोजमा निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै यसको प्रभाव सेयर बजारमा पनि परेको छ । बिहीबार बजार परिसूचक नेप्से ५७ अंक (२.८८ प्रतिशत) को गिरावट हुँदा १९२४.४८ अंकमा […]

कारोबार सुरु भएको डेढ घण्टामा ६४ अंकले घट्यो नेप्से

२७ असार,काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा वित्तीय प्रणालीमा तरलता सहज बन्दै गर्दा सेयर बजार भने लगातार घट्न लागेको छ । आइतबार सार्वजनिक बिदा पछि सोमबार खुलेको सेयर बजार सुरुवाती समयमा बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ । बजार खुलेको डेढ घण्टामा नेप्से ६४.०४ अंकले गिरावट हुँदा १९२८.५८ अंकमा झरेको छ । साढे […]

बिट्क्वाइनसहितका क्रिप्टोकरेन्सीको मूल्यमा उच्च गिरावट

काठमाडौँ – क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा लगातार गिरावट आएको छ। शनिबार प्रतिविट्क्वाइनको मूल्य ३५ हजार डलरभन्दा पनि तल आएको हो। गएको नोभेम्बरमा बिटक्वाइनको मूल्य सबैभन्दा माथि ६८ हजार ९९० डलरसम्म पुगेको थियो। त्यसयता बिटक्वाइनको मूल्य झण्डै ५० प्रतिशतले कम भएको हो। बिटक्वाइनसँगै अरु डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को मूल्यमा पनि गिरावट आएको छ। इथेरिमको मूल्य २४ सय […]

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ– शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ । मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो । यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ […]

चार दिनपछि खुलेको सेयर बजारमा उच्च गिरावट, २० कम्पनीमा ‘नेगेटिभ सर्किट’

पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै उचाइको रेकर्ड कायम गर्दै आएको बजार परिसूचक नेप्से यस दिन ५६ अंकले ओरालो लागेर ३१ सय २४ कायम भएर थामिएको छ । कारोबार पनि १६ अर्ब हाराहारीमा सिमित रह्यो ।

सेयर बजारमा ४५ अंकको गिरावट

केही समययता रेकर्ड कायम गरिरहेको सेयर बजारमा सोमबार भने उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेज (नेप्से) ४५.२५ अंकले घटेर २७८२.६८ अंकमा अडिएको छ ।निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा सेयर बजारमा लगानी बढेका कारण बजार लगातार उकालो लागिरहेको थियो । स–साना राजनीतिक घटना र सरकारका नीतिहरुका कारण उतारचढाव देखिने सेयर बजारमा पछिल्ला समयका […]

६ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट, कुन- कुन कम्पनीको घट्यो ?

वैशाख २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारमा अएका २१९ ओटा कम्पनी मध्ये ६ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।  सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा उच्च गिरावट आएको हो । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो ।  त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत ,सिंगटी हाइड्रो इनर्जीको ९ शदमलव ५६ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव २४ प्रतिशत,सर्पोट माइक्रोफाइनान्सको ७ शदमलव ४४ प्रतिशत  र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य ७ दशमलव २९ प्रतिशतका दरले घटेको छ । ती छ ओटै कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता हावी भएकाले उच्च गिरावट आएको हो ।  महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७, बिशाल बजार कम्पनीको रू. ६ हजार ४५,सिगंटी हाइड्रोको रू. ४३५,युनियन हाइड्रोपावरको रू. १६७, सपोर्ट माइक्रोफाइनान्सको रू.२ हजार ३५१ र रैराङ हाइड्रोपावरको रू. ४०७ पुगेको छ ।  यसअघि केही कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । पुन : अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेकाले घटेको हो भने महिला लघुवित्त र सिंगटी हाइड्रोको शेयरमा आईपीओमा परेको शेयर बेच्नेहरुको संख्या धेरै भएकाले गिरावट आएको हो । महिला लघुवित्तको हकमा लगातार आइतवार ३४ औं दिनमा आएर नकारात्मक  सर्किट लागेको हो ।