१.५४ प्रतिशतले घट्यो नेप्से, वित्त कम्पनी र हाइड्रोपावरमा उच्च गिरावट

७ भदौ, काठमाडौं । पछिल्ला २ कारोबार दिन लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन पुनः गिरावट भएको छ । लगातार घटेर २ महिनापछि गत सोमबार २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार बढेको थियो । तर, बिहीबार पुनः घटेको हो । बिहीबार बजार परिसूचक नेप्से ३१.५२ अंकको उच्च गिरावट हुँदा २०१३.९३ […]

सम्बन्धित सामग्री

५७ अंकले घट्यो नेप्से, सेयर कारोबार २ अर्बमाथि

काठमाडौँ । पछिल्लो दुई दिन लगातार वृद्धि भएको सेयर बजारमा बिहीबार भने उच्च गिरावट भएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे बनेको छ। नेप्से ५७ अंकले घटेर १९२४.४८ विन्दुमा पुगेको छ। २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो […]

कारोबार सुरु भएको डेढ घण्टामा ६४ अंकले घट्यो नेप्से

२७ असार,काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा वित्तीय प्रणालीमा तरलता सहज बन्दै गर्दा सेयर बजार भने लगातार घट्न लागेको छ । आइतबार सार्वजनिक बिदा पछि सोमबार खुलेको सेयर बजार सुरुवाती समयमा बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ । बजार खुलेको डेढ घण्टामा नेप्से ६४.०४ अंकले गिरावट हुँदा १९२८.५८ अंकमा झरेको छ । साढे […]

८५ अंकले घट्यो नेप्से

काठमाडौँ । निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार (आज) सेयर बजारमा देखिएको छ । आइतबार (आज) कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ । त्यसपछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७ सयको विन्दु भन्दा तल झर्ने […]

बजार खुलेको २५ मिनेटमै ८५ अंकले घट्यो नेप्से

१ फागुन, काठमाडौं । निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आइतबार कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ । त्यसमा पछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७०० को विन्दु भन्दा तल […]

चार दिनमा १६७ अंकले घट्यो नेप्से

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेसँगै ओरालो लाग्न थालेको सेयर बजारमा यो साता पनि उच्च गिरावट आएको छ । यो साता बजारमा चार दिनमात्र कारोबार भए पनि सेयर बजार परिसूचक (नेप्से) तीन हजारभन्दा तल झरेको छ । सेयर बजारमा आइतबार नेप्से ३०९४ अंकबाट कारोबार सुरु भएको थियो । साताको कारोबार हुने अन्तिम […]

बुधवार १.५५ % घट्यो नेप्से : खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट

भदौ ९, काठमाडौं । बुधवार नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशत घटेर बन्द भएको छ ।  मंगलवार १ दशमलव ७६ प्रतिशत घटेर ३ हजार १२४ दशमलव ८७ विन्दुमा बन्द भएको बजार बुधवार पनि ४८ दशमलव ४२ अंक घटेर ३ हजार ७६ दशमलव ४४ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६७ प्रतिशत अर्थात् ९ दशमलव ६७ अंक घटेर ५६७ दशमलव ९९ विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि सार्वजनिक गरेको एकीकृत निर्देशनमा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा एक वर्ष भित्र रू. १२ करोडमा झार्न भनेसँगै बुधवार पनि बजार प्रभावित बनेको हो ।  राष्ट्र बैंकले भदौ ८ गते सार्वजनिक गरेको मौद्रिक नीतिले गरेको रू. १२ करोड सम्मको मार्जिन कर्जाको सीमा परिमार्जन हुने विश्वास लगानीकर्ताहरुले गरेका थिए । नेपाल सरकार अर्थमन्त्रालयमार्फत लगानीकर्ता संघका पदाधिकारीहरुले मार्जिन कर्जा रकमको सीमाको विषय परिमार्जन गर्नुपर्ने माग गरेका थिए ।  मार्जिन कर्जा रकमको सीमाले बजार प्रभावित हुने देखिएमा उक्त व्यवस्था परिमार्जन गर्न सुझाव दिन प्रतिक्रिया अर्थमन्त्रालयबाट पनि प्राप्त गरेका लगानीकर्ताहरु सो व्यवस्था परिमार्जन नभएपछि निराश बनेको बताएका छन् ।  बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलवार रू. १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू. १२ अर्ब ९ करोड २१ लाख ३ हजार बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर कारोबार भएको हो ।  यस दिन अरुण काबेली पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू. ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ११ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू. ७८८ दशमलव ९० पुगेको छ । प्रतिकित्ता रू. ७७७ मा खुला भएको अरुण काबेली पावरको शेयरमूल्य यो दिन न्यूनतम रू. ७४५ देखि अधिकतम रू. ८२१ सम्म पुगेको थियो । बुधवार कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यस दिन जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको शेयरमूल्य उच्च दरमा बढेको छ । जीवन विकास लघुवित्तको १० प्रतिशत र आईसीएफसी फाइनान्सको ९ दशमलव ९९ प्रतिशत मूल्य वृद्धि भएको हो ।  यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९ दशमलव ६० ले घटेर अन्तिम मूल्य रू. ३५७ दशमलव ३० कायम भएको हो ।

१.७६ % ले घट्यो नेप्से परिसूचक, २० ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट

भदौ ८, काठमाडौं । दुई दिन सार्वजनिक बिदापछि खुलेको नेप्से मंगलवार १ दशमलव ७६ प्रतिशत घटेको छ ।  यो दिन गत बिहीवारको तुलनामा नेप्से परिसूचक ५६ दशमलव शून्य ३ अंकले घटेर ३ हजार १२४ दशमलव ८७ विन्दुमा झरेको हो । ३ हजार १८६ दशमलव ४७ विन्दुदेखि खुलेको मंगलवारको बजार निरन्तर घटेर बन्द भएको हो । नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १७ प्रतिशत घटेको छ । १२ दशमलव ८१ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ५७७ दशमलव ६६ विन्दुमा झरेको हो । दोहोरो उच्च अंकले घटेको बजारमा रू. १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२५ ओटा कम्पनीको १ लाख ५६ हजार ९१३ पटकको व्यापारमा भएको हो । यस दिन अरुणभ्याली हाइड्रोपावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू. ७५ करोड ४३ लाख ३३ हजार बराबरको ११ लाख २१ हजार २११ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७ ले घटेर रू. ६७० कायम भएको छ । मंगलवार वित्त र निर्जीवन बीमा समूह बाहेकका सबै समूहगत परिसूचक घटेका छन् । वित्त समूहको १ दशमलव ४७ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव ७६ प्रतिशत परिसूचक बढेको छ । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक ६ दशमलव २१ प्रतिशतले घटेको छ । जलविद्युतसँगै लगानी समूहको ४ दशमलव ४३ प्रतिशत, विकास बैंकको ३ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ११ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ६२ प्रतिशत, अन्यको १ दशमलव ४४ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ४७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ । यस दिन आइसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीद चाप रहेको थियो । दिउँसो २ बजेर ५९ मिनेटसम्मको कारोबार अवधिसम्म आइसीएफसी फाइनान्सको १४ लाख ९६ हजार ७५८ कित्ता शेयर खरीद माग थियो । सर्वाधिक खरीद माग रहेको उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १२८ दशमलव २० ले बढेर अन्तिम मूल्य रू. १ हजार ४१० दशमलव २० पुगेको छ । निरन्तर उच्च दरमा मूल्य बढ्दै आएको जीवन विकास लघुवित्तको शेयरमूल्य पनि बुधवार १० प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्तको प्रतिकित्ता रू. ३९० दशमलव ६० ले बढेर अन्तिम मूल्य रू. ४ हजार २९६ दशमलव ७० कायम भएको हो ।  यस दिन २० कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । नेशनल हाइड्रोपावर, एचआईडिसिएल, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, नेपाल हाइड्रो डेभलोपर, कालिका पावर, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर , शिवश्री हाइड्रोपाव र रू रू जलविद्युतको परियोजनाको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९ दशमलव ९९ प्रतिशत, लिवर्टी ईनजीको ९ दशमलव ९२ प्रतिशत, माउण्टेन हाइड्रो नेपालको ९ दशमलव ८६ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ५१ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव शून्य ७ प्रतिशत शेयरमूल्य घटेको छ ।