बाल दिवसमा विविध कार्यक्रम: एक वर्षको अवधिमा १ हजार ९ सय १ गर्भपतन

नेपाल समाचारपत्र, काभ्रे । जिल्ला बाल न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एक वर्षको अवधिमा १ हजार ९ सय १ गर्भपतन गराई भ्रुणदेखि नै बालिबालिकाको हत्या भएको बताउनुभएको छ । नेपाल बाल संगठन काभ्रेले आयोजना गरेको काभ्रेका बालबालिकाहरुको अवस्था तथा बालमैत्री जिल्ला निर्माणमा सरोकारवालाहरुको भूमिका विषयक […]

सम्बन्धित सामग्री

१७औं साधारणसभामा स्यूचाटार सहकारीका विविध कार्यक्रम

काठमाडौं। स्यूचाटार सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र वित्तीय प्रतिवेदन पारित गरेको छ । प्रतिवेदन अनुसार शेयर पूँजी ८ करोड ७ लाख ६८ हजार, जगेडा कोष १० करोड ९१ लाख ५६ हजार, बचत संकलन ६२ करोड ८१ लाख, ऋण प्रवाह ६२ करोड २६ लाख र स्थिर सम्पत्ति ७ करोड ५७ लाख रुपैयाँको रहेको छ ।  सो अवसरमा एक महीनादेखि सञ्चालित अन्तर विद्यालयस्तरीय शैक्षिक तथा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको छ । त्यस्तै संस्थाले एसईई, डाक्टर, एमडी वा पीएचडी गर्ने शेयर सदस्य वा उनीहरूका सन्ततिलाई नगदसहित सम्मानका साथै कार्य क्षेत्रभित्रका १० सामुदायिक विद्यालयका २० जना विद्यार्थीलाई छात्रवृत्ति स्वरूप नगद उपलब्ध गराएको छ । कार्यक्रममा नेशनल हस्पिटल र युनिभर्सल डेण्टल हस्पिटलले शेयर सदस्यलाई अस्पतालका सेवामा २५ प्रतिशत शुल्क छूट दिने घोषणा गरिइएको थियो ।

१७औं वार्षिकोत्सवमा सिटिजन्स बैंकका विविध कार्यक्रम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १७औं वर्षमा प्रवेश गरेको छ । १६ वर्षको अवधिमा बैंकले करीब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । सातओटै प्रदेशमा १८२ शाखामार्फत सेवा दिँदै आएको बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको कुल निक्षेप करीब रू. १ खर्ब ६२ अर्ब रहेको बताइएको छ । बैंकले यो अवधिमा करीब रू. १ अर्ब २४ करोड खुद मुनाफा गरेको बैंकको भनाइ छ । बैंकले १६औं वार्षिकोत्सवको अवसरमा सातओटै प्रदेशमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ, जसबाट वित्तीय ज्ञानको समेत अभिमुखीकरण भएको बैंकको अपेक्षा छ । सो अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातओटै प्रदेशका २७ स्थानमा करीब ७२६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम गरेको छ । त्यस्तै बैंकका विभिन्न शाखाले निःशुल्क स्वास्थ्य शिविर लगायत सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन काम गर्ने संघ संस्थालाई आर्थिक सहयोग गरेको बताइएको छ । पछिल्लो समय ग्राहकलाई सेवा पु¥याउन विभिन्न संस्थासँग सहकार्य गर्नुका साथै बैंकिङ कार्यलाई प्रविधिमैत्री बनाउँदै लगिएको बैंकले बताएको छ ।

राज्यकाे नीति एकातिर, सामाजिक दृष्टिकाेण अर्काेतिर

काठमाडाैं । आज फागुन २४ अर्थात मार्च ८, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ। यसैगरी आज नेपालमा पनि लैङ्गिक समनताको बलियो आधार: सिर्जनात्मक प्राविधिमा महिला पहुचको विस्तार भन्ने मुल नाराका साथ मनाइँदै छ। यो दिवस सन १९०८ मा न्यु योर्क सिटिमा १५ हजार महिलामाथि श्रम शोषण हुँदा त्यसविरुद्ध तत्कालीन […]

आज मोक्षदा एकादशी : गीता जयन्ती मनाइँदै

काठमाडौं : वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ।वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो। पाँच हजार एक सय ३० वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्

मोक्षदा एकादशी: आज गीता जयन्ती मनाइँदै

काठमाडाैँ- वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आइतबार गीता जयन्ती पर्व मनाइँदै छ। वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो। पाँच हजार एक सय ३० वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत […]

आज, सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

काठमाण्डाै - गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर झन्डै नौ हजार मानिसको ज्यान गएकोे थियो । यस्तै, आठ लाखभन्दा धेरै निजी आवासमा क्षति पुगेको थियो भने झन्डै एक हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो । भूकम्पले १४ जिल्ला काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा,...

आज विश्व सिमसार दिवस‚ विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज विश्व सिमसार दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष नेपालमा दिवसको नारा ‘दलदल, पानी, पोखरी र खोला : संरक्षण गरे सर्वहित होला’ भन्ने तय गरिएको छ।नेपालका १० वटा क्षेत्रहरू रामसार सुचीमा सूचीकृत छन्। नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्दछ। पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सूचीकृत गरिएको थियो। कोशी टप्पुसहित बिसहजारी तथा आसपासका तालहरू, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो,

वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंकद्वारा विविध कार्यक्रम

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ  । बैंकको क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।  बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरु बाट सप्ताहव्यापी रुपमा बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदना, बृक्षारोपण, सार्वजनिक स्थल सरसफाई तथा जनचेताना, विपन्न परिवारका विद्ययार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, विपन्न बर्गका विद्यार्थिलाई न्यानो कपडा वितरण, वालमन्दिरका वाल बच्चाहरुलाई फलफुल वितरण, अनाथ आश्रममा आश्रितलाइ स्वास्थ सामाग्री वितरण, प्रहरी कार्यालयमा यूरो फिल्टर वितरण सार्वजनिक स्थलहरुमा डस्टविन वितरण जस्ता कार्यहरु गरेर बैंकको १५औ बार्षिक उत्सव मनाएको बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनालले जानकारी दिए  । त्यस्तै बैंकले विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती लाई रुदुई लाख पचास हजार  र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई रु एक लाख  आर्थिक सहयोग गरेको हो ।बैंकले बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्टविन वितरण पनि गरेको छ । बैंकले  नवलपरासी जिल्लाको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्तवीन वितरण गरेको हो।  बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन्  ।

बाल दिवसमा बालमैत्री नगरसहित जिल्लामा विविध कार्यक्रम

मोतीराम तिमल्सिना, काभ्रे । बालबालिकाहरुको संरक्षण आमाकै कोख देखि गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कार्यपत्र प्रस्तुत गर्दै जिल्ला बाल न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एक वर्षको अवधीमा १ हजार ९ सय १ गर्भपतन गराई भ्रुण देखि नै बालिबालिकाहरुको हत्या गरिएको बताउनु भयो […]