काठमाण्डाै - गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पमा परेर झन्डै नौ हजार मानिसको ज्यान गएकोे थियो । यस्तै, आठ लाखभन्दा धेरै निजी आवासमा क्षति पुगेको थियो भने झन्डै एक हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।
भूकम्पले १४ जिल्ला काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा,...