अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा विभिन्न राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनहरूले विरोध प्रदर्शन गर्ने भएका छन् । उनीहरूले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन र घेराउका कार्यक्रम राखेका छन् । खासगरी राजनीतिक दल र उनीहरूका भ्रातृ संगठनले संसद् भवन नयाँ बानेश्वर आसपास केन्द्रित भएर विरोधका कार्यक्रम गर्न लागेका हुन् । यस क्रममा बुधबार मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि