सेप्टेम्बेर ११ , २००१ । आतंकवादी संगठन अलकायदा सम्बद्ध १९ जनाले अमेरिकाका विभिन्न महत्वपूर्ण भागमा ठोक्काउनका लागि चारवटा विमानहरु अपहरण गरे । तीमध्ये दुईवटा विमानहरु उनीहरुले न्युयोर्क सहरको म्यानहटनमा रहेको विश्व ब्यापारिक केन्द्रमा लगेर ठोक्काए । तेश्रो विमान अमेरिकी रक्षामन्त्रालयको हेडक्वाटर रहेको पेन्टागनमा लगेर ठोक्काए । र चौथो विमान पेन्सिलभेनियाको खुल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भयो । […]